logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भवानी मैया पन्तको कविता सङ्ग्रह ‘देश रोएको बेला’

तेज प्रकाश बानियाको कलमवाट


  • जन आकाश
  • मंगलबार, फाल्गुन ४ २०७७

पुस्तकचर्चा



 

भवानी मैया पन्त नेपाली साहित्यको आकाशमा चमकिलो ताराको रूपमा देखापरेको नामहो । उहाँका लघुकथा, निबन्ध, कविता, यात्रा स्मरण, समसामयिक लेख आदि गरी ४ दर्जन भन्दा बढी सामग्रीहरू बिभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । तर पुस्तकाकारमा प्रकाशित यो कविता सङ्ग्रहर् ‘देश रोएको बेला’पहिलो हो ।

२०७७ माघ ३० कादिन एक कार्यक्रम आयोजना गरिएको भव्य समारोहमा बमिोचित सय पेजको यो कविता सङ्ग्रहमा विभित्र खालका ५९ कविताहरू समाविष्ट छन् । पुस्तकको नामाकरण कविताहरूकोे क्रमसंख्यां एकाउत्रको शीर्षक ‘देश रोएको बेला’ बाट राखिएको छ ।

जुन कवितामा, देशको भलाई नचाहनेहरूले गोटी चाल्न खोजिरहेका बेला अर्काको बहकाउमा नलागी, दलहरूले एकता देखाउनु पर्ने र आन्तरिक कलहमा नलमलिन पनि अनुरोध गर्नुभएको छ । छिमेकीले सीमा अतिक्रमण गर्न खोज्नु, नेपालको स्वाभिमानप्रति धावा बोल्नु, बाँधबाँधेर नेपालको अत्र भण्डार, तराईको जमीन र गाउँ डुबाउने कुचेष्टा गर्नु, यी सबै हाम्रा दलहरूको बेमेल र खुट्टा तानातानको उपज पनि हो ।

छिमेकीबाट हुनसक्ने अनेकन पीडाका बावजुद कोरोनाको कहरसमेत खप्नु परेको बेला भाइभाइ एकअर्कामा दोषारोपण र राजनीतिक भाग बण्डामा लाग्न उचित नहुने सुझाव दिनुभएको छ । यसैगरी, बरू हिम्मत बटुलेर मेची, काली, तराई, पहाड, हिमाल मिलाएर अर्काले हडपेको जमीन फिर्ता गरी नेपाल आमाको अस्मिता जोगाउन र विकासको लागि आपूm र आप्mना सन्तति हिड्ने बाटो खनेर सुरक्षित राख्न र माटो जोगाउन आह्वान गर्नुभएको छ ।

उहाँको प्रस्तुती पृथक शैलीमा छ । चलि आए अनुसार विद्वान विदुषीहरूले पुस्तकको बारेमा दिने विचार भूमिका,शुभकामना, दुई शब्द आदिलाई कविताको अन्त्यमा राख्नु भएको छ । त्यसको प्रमुख अंशलाई उद्धृत गरेर कभरको पृष्ठ भागमा पनि राखिएको छ ।

कविताहरूमा गद्य कविता,पद्य कविता छन् । कुनै छन्दमा पनि छन्् । कविता स्तरीय,सरल र व्यवहारिक छन् तर कविताले उठान गरेका विषय गम्भीर प्रकृतिका छन् । कविताहरूमा नयाँ वर्ष २०७७ लाई स्वागत र सम्बोधन गर्ने क्रममा खुशी र उमङ्गका साथ आउन र विश्वव्यापी नरसंहार गर्ने कोरोना जस्तो महामारीलाई हटाएर प्रकृतिलाई प्राणी हितकारी बनाउन माग गर्नुभएको छ ।

उहाँले कवितामा नारी सम्मान, नारीलाई आरक्षण हैन अवसर माग्नु भएको छ । महिला र सिमान्तकृतका लागि अधिकारको व्याख्या संविधानको पानामा सीमित राख्नन हुने, कार्यान्वयनमा ल्याउनुपर्ने कुरा उल्लेख गर्नुृभएको छ । त्यसैगरी देशवासी मिलेर गरिएको आन्दोलनबाट गणतन्त्र प्राप्तभयो तर निमुखा र सिमान्तकृत जनतालाई उस्तै सास्ती देखेर दुखित हुनुहुन्छ ।

मृत्युदेखि डराउनेलाई ढाढस दिँदै यो ध्र्रुवसत्य भएको र यसलाई कसैले हटाएर पनि हट्दैन, यसबाट कतै भागेर पनि भागित्र, मानिसले नमान्दा नमान्दै पनि आज पर्यन्त धेरैनै मृत्युहरू देखिसकेको छ, तर ऊभित्रीमनले स्विकार्दैन, तसर्थ लडाइँ, झगडा बिद्रोह नगराउन र केही नबुझेका अबोध बालबालिकालाई हतियार बोकाएर दिदीबहिनीजो कोहीको सिउँदो नरित्याउन समेत भत्रु भएकोछ । किनकि प्राणीहरू कसैले पनि मृत्यु चाहदैनन् ।

साहित्य लेखन, विभित्र स्थान विशेषको अध्ययन भ्रमण एवम् समाज सेवामा रुचि राख्ने भवानी मैया पन्तकुशल गृहिणी र एक जिम्मेवार शिक्षिकापनि हुनुहुन्छ ।

गत बीसौँ वर्षदेखि शिक्षिकाको रूपमा कार्यरत रहनुभएको छ । देशका अबोध बालबाकिालाई शिक्षित बनाई भविष्यका असल नागरिक बनाउनु पक्कै पनि सजिलो काम होइन । यसरी गृहिणी महिलाले दैनिक परिआउने कामको अलावा अध्यापनबाट बचेको समयलाई साहित्य साधनमा लगाउनु हामी साहित्य प्रेमीका लागि खुसीको कुरा हो । कविताहरू बौद्धिक भएकाले सानाठूला सबैकालागि पठनीय छन् ।

त्यसमध्येपनि साहित्य लेखनमा कौतुहल भएकालाई त बौद्धिक खुराककै काम गर्छ भत्रे मैले ठानेको छु । नेपालको जनसंख्याको आधा हिस्सा ओगटेका महिलाहरूले घर धन्दामामात्र सीमित रहने समय अव छैन।

तर जुनक्षत्रमा अगाडी जानपनि साहित्यकै भूमिका अहम् रहन्छ भने साहित्य लेखनको क्षत्रमा महिलाहरूको सहभागिता कम छ । यस अवस्थामा महिला सात्यिकारको संख्या बृद्धि हुदै जानु उपलब्धि मूलक ठात्रु पर्दछ ।उहाँ पहिलो प्रकाशित कृतिबाटै सफल साहित्यकार हुनुभएको छ । यसमा उहाँलाई बधाई पनि भत्र चाहन्छु । भविष्यमा पनि स्तरीय कृतिहरू प्रकाशित हुँदै जाऊन् र उहाँको साहित्य विश्व साहित्यसँग तुलना गर्न सकियोस् भत्रे कामनाका साथ कलम बन्द गरें ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend