जन आकाश
यतिवेला नेपालमा राजनीतिक अस्थिरता उत्पन्न भईरहेको छ । नेपालमा उठ्ने धेरै जति आन्दोलन भारतको हात रहेको नेपाली जनताहरुले बुझ्ने गरेका छन् । राजनीतिक बृत्तमा उक्त कुरा उठिरहेको बेला भारतको एउटा प्रन्तीय मुख्यमन्त्रीले नै भारतको भाजपाले नेपालमा र श्रीलंङकामा समेत भाजपाको सरकार बनाउने योजना रहेको खुलासा गरेपछि नेपालका राजनीतिक बिश्लेषकहरुले नेपालको आन्दोलनमा बाहिय प्रभाव भन्दै आएको कुरा प्रति बिश्वसनीय आधार मिलेको छ ।
त्यो आधार भारतका त्रिपुराका मुख्यमन्त्री बिप्लव देवले त्रिपुराको भ्रमणको रविन्द्र सतवार्षिकी भवनमा आयोजित सर्वजानिक कार्यक्रमा बोलेको सार यस्तो छ । “नेपाल र श्रीलंकामा भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने गृहमन्त्री अमित शाहको योजना रहेको छ ।
” उनको दावी र नेपालमा भईरहेको आन्दोलकनको रुपरेखा मिल्दो जुल्दो छ । यदि उनले विप्लप देवले गरेको दावी र नेपालका राजनीतिक बिश्लेषकहरुले निकालेको नेपालमा आन्दोलन बाहिरी प्रभाव भनेकोसँग जस्तै भएको हो भने, यो नेपालको लागि निक्कै खतराको बिषय हो ।
यो नेपालको स्वतन्त्र सर्वभौम सम्पन्न राष्ट्र माथि भईरहेको ष¥यन्त्र हो । यो ष¥यन्त्रको पर्दाफास नेपाली जनताले गनैपर्छ ।
बिशेषत नेपालका सञ्चारमाध्यम मार्फत यस्ता नेपाल बिरोधि कार्य भएको कुरा आम जनतालाई सुसुचित गर्न ढिलो गर्नुपनि हुदैन ।
नेपाल र भारतको सम्बन्ध भारतले नेपालको भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर भारतको नक्सामा निकालेपछि भारतले नेपालीको एकता देखेर नेपालीहरुलाई के बाहानमा बिभाजन गर्ने भन्ने योजना बुनिरहेको बेलामा सरकारमा रहेको पार्टी भित्रको विवाद उत्पन्न गरएर नेपालमा यतिवेला राजनीतिक अस्थिरता उत्पन्न भएको छ । आफ्नो आधिकारिताको लागि दिनहु जसो शक्ति प्रदर्शनका लागेका छन् । जानेर या नजानेर दवै पक्ष भारतको प्रभावको योजनामा काम गरिरहेका त छैनन् । यो आम नागरिकले प्रश्न गर्ने गरेका थिए । तर पत्याउने आधार भने थिएन । तर पछिल्लो भारतीय प्रन्तीय मुख्यमन्त्रीले नै नेपाल र श्रीलंङकामा भारतीय जनता पार्टीको सरकार बनाउन लागेकोे खुलासाले नेपाली जनता सशंकित भएका छन् ।
सशंकित हुनुपर्ने कारणहरु पनि छन् बिगतमा यस्तै राजनीतिक अस्थिरता उत्पन्न गराएर भारतीय ष¥यन्त्रले सिक्किमलाई भारतमा बिलय गराएको थियो । त्यस्तै योजना भारतले पाकिस्तान बिभाजन गराएर बगलादेश बनाउन पनि त्यस्तै खालको योजना लागु गरेको ईतिहाँस छ । तर नेपालमा पटक पटक त्यस्तो योजना बनाएको भएपनि नेपालका नेपालीहरु एकढिक्का हुदै राष्ट्रिय सदभाव कायम गरेर चनाखो हुदै आएका छन् ।
यस्तो राजनीतिक अस्थिरता र योजना सफल नभएपछि भारतीय योजना नेपालमा अस्थिरता मच्चाई राख्न राजनीतिक पार्टीहरुलाई कहिल्य कुन दललाई कहिल्य कुन दललाई स्रोत साधन समेत प्रयोग गरेर उचाल्ने गरेको छ । जसले गर्दा नेपालका उधोग, कलकारखाना नखुलुन र नेपालमा खुलेका उधोग कलकारखाना पनि यस्तै राजनीतिक पार्टीका सिमित नेताहरुलाई उक्साएर तिनका भातृ संगठनलाई बिरोध बन्द हडताल, तालाबन्दी, आगजनी गर्न लगाएर नेपाल सधै परनिर्भरमुखी बनोस् भनि योजना बनाएको
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend