logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जुत्ता–चप्पल मेला २०७७ मा उत्साहजनक ब्यापार


  • जन आकाश
  • मंगलबार, फाल्गुन ४ २०७७

 



काठमाडौं । काठमाडौको भृकुटी मण्डपस्थित २०७७ जुत्ता–चप्पतल ब्यापार मेलामा उत्साजनक ग्रहकको उपस्थित र ब्यपार भएको छ । त्यस जुत्ता–चप्पल ब्यापार मेलाका संयोजक तथा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले दिएका जानकारी अनुसार धेरै लामो समयपछि ग्रहकहरु ब्जारमा निस्कन पाउदा यस्तो. उल्लेखिय उत्साह भएको उनले बताएका हुन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले प्रत्येक बर्ष गदै आएको जुत्ता चप्पल ब्यापार मेला कोभिडको कारण गएको बर्ष हुन सकेको थिएन । यो बर्ष गएको माघ २१ गते नेपाल चेम्वर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख अतिथिको हातवाट उत्घाटन गराई मेलाको आराम्भ गरिएको थियो ।

नेपालमा उत्पादित स्वदेशी जुत्ता–चप्पल नै प्रयोग गरौ नेपाली हुनमा गर्व गरौं भन्ने मुल नाराका साथ शुरु भएको मेलामा आज अर्थात २०७७ फागुन ३ गतेसम्म लगभग २ लाख मानिसहरुले मेलाको अवलोकन गरेका र लगभग २ करोडको हाराहारीमा ब्यापार भएको मेलाका संयोजक होमनाथ उपाध्यायको भनाई रहेको छ ।

उक्त मेला यहि फागुन १० गतेसम्म चल्ने आयोजकले बताएको छ ।

जुत्ता –चप्पलको मेला जुत्ता–चप्पल उधोगीहरुको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले गर्ने गरेको छ । हाल उक्त संस्थाका अध्यक्ष कृष्ण कुमार फुयाल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend