logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामुदायिक सेवा केन्द्र टुँडालदेवी द्वारा ट्राफिक स्वयंसेवक परिचालन


  • जन आकाश
  • मंगलबार, फाल्गुन ४ २०७७

 



काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त,दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३००जना ट्राफिक स्वयंसेवकलाई १० दिनसम्म परिचालन गरिदै छ ।

सवारी चाप हुने तथा बढी भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन अन्तरगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा हिजो देखि बिहान ९ देखि ११ र साझ ३ देखि ५ बजे सम्म पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै जथाभावी बाटो नकाट्ने र नियम पालना गर्न सन्देश प्रवाह गरिरहेको छ।

स्वयमसेवक परिचालनबाट ट्राफिक व्यवस्थापनमा आम जनमानसले थोरै भएपनि राहत महशुस भएको र आम सडक प्रयोगकर्तालाई सहजता मिलेको र व्यस्त सडकमा ट्राफिक बनेर काम गर्दाको नौलोपना साथै सामाजिक काम गर्न पाएकोमा खुसी लागेको सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्याैपानेले बताए ।

आजको स्वयंसेवक परिचालनमा अध्यक्ष न्याैपाने सहित समाजसेवी राजेन्द्रमान जोशी,शर्मिला खनाल,सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला)साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend