जन आकाश
काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंको राष्ट्रिय सभा गृहमाम भईरहेको छ ।
‘प्रेस स्वतन्त्रताको आधार सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन गरी कार्यक्रम शूरु भएको हो । कार्यक्रममा बिभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई त्यस कार्यक्रका बिशेष अतिथि सञ्चार तथा सुचना प्रबिधिमन्त्री पार्वत गुरुङ र प्रमुख अथिति उपराष्ट्रपतिको हातवाट पालैपालो पुरुस्कार प्रदान गरिएको थियो ।
खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको महासंघले जानकारी दिएको हो ।
विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।
जुन निर्वाचनमा प्रत्यक्ष मताधिकार पत्रकारहरुले प्रप्त गर्नेछन् । यो पहिलो पटक प्रत्यक्ष निर्वाचित हुने पत्रकार महासंघका शक्तिसाली अध्यक्ष हनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend