logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

यातायात कार्यलय सानो भ¥याङको लापरवाहीमा सेवाग्रही हैरान


  • जन आकाश
  • बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं । नेपाल यातायात ब्यवस्था बिभाग अन्र्तगतको काठमाडौको सानो भ¥याङस्थित रहेको मोटरसाईकल अन्र्तगतको कर बुझाउने ठाउँमा हुने गरेको कर्मचारीहरुको गैरजिम्मेवार पनले गर्दा सेवाग्रहीहरु हैरान भईरहेका छन् । दिनहु हजारौ हजारको संख्यामा कर बुझाउन पुग्ने मोटरसाईकल धनीहरुले सरकारलाई कर बुझाउन त्यस कार्यलयको झयाल न. ८ मा गएर टोकन लिनुपर्ने नियम छ । र सो टोकन बोकेर पालो कुरेर बस्दा बस्दा पालो नै नआउने र कर्मचारीहरु समयमा अफीसमा नपुग्ने पुगेपछि पनि कहिले भित्र अन्य कर्मचारीसँग गफ लगाएर बस्ने एकदुई जनाको ओल्याङ, टोल्याङ गरेर काम गर्दागर्दै सिस्टम गयो भनेर काम बन्द गर्ने र सेवाग्रहीहरुलाई आजित बनाउने काम सानो भ¥याङमा रहेको यातायात कार्यलयले दिनहु गरिरहेको छ ।



एक जना कर बुझाउन गएका मोटरसाईकल धनिले आजसम्म तीनदिन धाउदासमेत करतिर्न नसकेको र भोलि ३५ दिन कट्ने र जरिवाना तिर्नुपर्ने कुराले उनि त्रासित भईरहेको बताएका छन् । यसरी जानाजान सेवाग्रहीलाई दुखःदिने नियत राखेर काम गरेको सेवाग्रहीहरुको गुनासो आएको छ ।

दल बहादुरहरुको बिगबिगी

दिनभरी बस्दा समेत काम नभएपछि दैनिक काम गरेर खानुपर्ने सेवाग्रहीहरु बेलुका पख कतै अर्कोवाटोवाट काम हुन्छकी भनेर चियो चर्चा गर्दा कागज छोडेर जानुस् भोलि फस्ट आवरमा आउनुस् भनेर त्यही वरीपरी फारम भर्ने नाममा खोलिका पसलेहरु त्यहा घुमिरहेकाहरुले त्यसरी कारोबार गरेको देखिन्छ । उनिहरुले सेवा गर्ने नाममा मोटो रकम लिएको देखिन्छ । र त्यो प्रत्येक झुयालका कर्मचारीले आ–आफ्नो एजेन्ट राखेर काम गर्ने गरेको सहजै देख्न सकिन्छ । सजिलै हुने कामलाई केही ढिलो गराएर र सिस्टम गयो भन्ने बाहाना बनाएर सेवाग्रहीलाई दुखः दिने यातायात ब्यवस्था बिभाग अन्र्तगतको सानो झ¥याङमा रहेको कार्यलयको अनुगमन गरेर सेवाग्रहीलाई दुखः दिने नियत राखेका कर्मचारीहरुलाई नियन्त्रण गर्न सम्वन्धित निकायको ध्यान जाओस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend