उत्तम भेटवालका पाँच मुक्तहरु
१.१
पिल्लरको मजबुतीमा खाँमा भुलियो कि
अत्याधुनिक पहिरनले जामा भुलियो कि १
अरू कुरा सामान्य हुन् छोडेर मुख्य कुरा
जन्म दिने आफ्नै बाबुआमा भुलियो कि १
२.१
टिम्बाको न्यानो पनमा रग भुलियो कि
घर त बन्यो पछि घरको जग भुलियो कि १
जे जे थिए आफ्नोपन झल्काउने ती सबै
नयाँको बहानामा लगभग भुलियो कि १
३.१
ढलानको प्रलोभनमा छाना भुलियो कि १
रोपनीको लालसामा आना भुलियो कि १
राम्रै मात्र हेर्न खोज्ने लोभिछन् आँखहरू
पाथी भर्ने बहानामा माना भुलियो कि १
४.१
भोलिको चिन्तामा हिलोआज भुलियो कि
मान्छेमा हुनुपर्ने सरम, लाज भुलियो कि १
सबै कुरा त सम्झिदैन मान्छेले फेरि पनि
आफैमा बाँच्न खोज्दा समाज भुलियो कि १
५.१
आफु अघाईयो कतै भान्छे भुलियो कि
डोको, नाम्लो बरियो थुन्से भुलियो कि १
मानिस भैु आफ्नो कर्तव्य भुल्दै जाँदा
मान्छेहरूको भिडमा मान्छे भुलियो कि १
उत्तम विचार ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend