जन आकाश
काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषले गरेको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियार पदमुक्त भएको जानकारी गराएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ ।
परियार तत्कालीन नेकपामा पूर्वमाओवादीका नेता हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend