जन आकाश
मोहन कार्की ।
काठमाडौं । काठमाडौको भृकुटीमण्डममा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालकाद्धारा सञ्चालन भईरहेको जुत्ता–चप्पल मेला फागुन २० गतेसम्म चल्ने भएको छ । मेलामा आयोजकले सोचेको भन्दा बढी नै अवलोकन र ग्रहकको उपस्थिति भएको हुनाले समय थप गरेर मेलालाई २० गतेसम्म सञ्चालन गर्ने त्यस जुत्ता–चप्पल मेलाका संयोजक तथा फुटवेयरर म्यानुफ्याक्चर्सएशोसिएसनका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिएका हुन् ।
उनका अनुसार हालसम्म झण्डै २ करोडभन्दा माथिको ब्यापार भएको र आउदो २० गतेसम्म ५ देखि १० करोडको हाराहारीमा मेलावाट ब्यापार हुने अनुमान लिएको हामीलाई जानकारी दिएका हुन् ।
स्वदेशमा उत्पादित १८ कम्पनीको सहभागितामा मेलाको ब्यवस्थापन गरिएको छ । मेलामा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागी रहेका छन । उक्त मेलाको उदघाटन गएको माघ २१ गते नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए । कोभिडको संन्त्रास पछि भएको जुत्ता–चप्पल मेला यो नै पहिलो हो ।

उत्घाटनको दिन फुटवेयरका अध्यक्ष कृष्ण कुमार फुर्यालले उक्त कार्यक्रममा बोल्दै भनेका थिए । ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेला गतवर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दा आमउपभोक्तालाई पर्न गएको असरलाई मध्यनजर गर्दै हामिले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्राण्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ताचप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’ अध्यक्षको भनाई थियो र उनले उल्लेखिय माात्रमा ग्रहकहरुको सहभागिता रहने बताएका थिए नभन्दै त्यसै अनुरुप ब्यापार हुन गएको हुनाले नै समय थप गरेर फागुन २० सम्म पु¥याईएको हुनुपर्छ ।

स्वदेशमा उत्पादित बस्तु नै प्रयोग गरौ नेपाली हुनमा गर्व गरौ भन्ने मुल नाराका साथ शुरु भएको मेलाले नेपाली उत्पादनमा पनि टेवा पु¥याएको छ । यसैगरी हरेका बस्तुहरुमा स्वदेशी उत्पादन थाल्ने हो भने नेपालमा नै धेरै रोजगार सृर्जना हुनको साथै नेपालले बिदेशसँग ब्यहोर्नुपर्ने ब्यापार घाटा पनि कम हुनेथियो । र नेपालका नेपालीहरु लाईन लागेर बिदेशमा जानुपर्ने थिएन र आफ्नै देशको उत्पादन पूयोग गर्न पाउदा सवै नेपालीहरु खुशी हुन्थे । यो उदारण फुटवेयर क्षेत्रले देखाएको छ । यो अत्यन्त राम्रो काम हो ।





© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend