logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माधवलाल श्रेष्ठको मुक्तक सङ्ग्रह “नालाङ्घ”


  • जन आकाश
  • मंगलबार, फाल्गुन ११ २०७७

 



पुस्तक चर्चा

लेखक तेज प्रकाश बानिया

माधवलालश्रेष्ठको जन्म २०२२ साल पौष १५ गते, काभ्रे जिल्लाको ृऐतिहासिक नगर नाला, उग्रचण्डी, हालको बनेपा नं.पा, वडा नं.४ नालामा भएको हो । माता विष्णुमाया र पिताभक्तलाल श्रेष्ठको जेष्ठसुपुञको रूपमा जन्मनु भएका उहाँले आधारभूत शिक्षा स्नातक सम्म पुरागर्नु भयो । त्यसपछि परम्परा देलि चलिआइको व्यापार व्यवसाय मा नलागी शिक्षण पेशा अङ्गाल्नु भयो । २०४२ सालदेखिकाभ्रेको नाला र दाप्चा र काठमाडौंको टोखा र अन्य स्थान गरी २७ वर्षसरकारी विद्यालयहरूमानिरन्तर योगदान पु¥याई सेवाबाट अवकाश लिनुभयो । सेवाकै अवधिमारुविटेलरिङ्घ स्थापना गरी सिलाई कटाई व्यवसाय समेत सञ्चालन गर्नुभयो । २०५० सालबाट नालाको पुरानो वसाइलाई यथावत राखी काठमाडौंको महाङ्काल,ओरालो,शान्ति नगरमाबस्दै आउनु भएको छ ।

उहाँले का विद्यार्थीहरू देशको अनेकौं क्षेत्रमा उच्च तहमा कार्यरत छन् । शिक्षणबाट अवकाश लिएर पनि उहाँको जोस, जागर र हौसलामा कुनै कमी आएकोछैन । उहाँलाई साहित्य लेखनमा बाल्यकाल देखिनै रुचि थियो ।‘हुने विरुवाको चिल्लो पात’ उहाँ विद्यार्थी कालदेखिनै कविता कोर्ने र सुनाउने गर्नुहुन्थ्यो । धेरै वर्ष अगाडिदेखि उहाँका कथा, कविता, गजल, मुक्तक, लगायत फुटकर लेखहरू पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । तर जुनसुकै काममा पनि हातहालेर सफलता हासिल गर्नचाहिँ साइत कुर्न पर्दो रहेछ । उहाँको पहिलो कृति ’नालाङ्ग’ (समसामयिक मुक्तक सङ्ग्रह) लाई पनि पुस्तकाकार लिएर बजारमा देखा पर्न २०७७साल श्रावण महिना जुरेछ ।

म आपूmपनि काभ्रेकै वासिन्दा हुँ । तरपनि हामी दुइबीच परिचय थिएन । वेला वेलामा साहित्यिक कार्यक्रममा भेटभएर करीब तीन वर्ष अगाडि देखि घनिष्ठता बढेको हो । कतैबाट साहित्यिक कार्यक्रमको निम्ता आएपछि सकेसम्म उक्त कार्यक्रममा सहभागी हुने उहाँको बानी रहेछ । एक साहित्यिक कार्यक्रममा माधव पनि त्यहाँ आउनु भएको रहेछ । कार्यक्रम अवधिमै मञ्चमा सरासर आएर उहाले मेरो हातमा एउटा पुस्तक थमाइदिनुभयो । कार्यक्रम पुन शुरूभयो । यसो शीर्षक हेरें, नालाङ्ग रहेछ । कोटको खल्तीमा हाले.।

घर आएर उक्त पुस्तक अद्योपान्त पढें । कभर पृष्टको अग्रभागमा नाला सहरको मनोरम दृष्य, पृष्ठ भागमा लेखकको फोटो सहित विद्वान निवन्ध आचार्यले माधवले गर्नु भएको विभित्र क्षत्रका उल्लेखनीय कामहरूको बारेमा जानकारीसमेट्नु भएको छ । जसले पुस्तक निकै आकर्षक देखिएकोछ । भित्रपट्टी शुरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले हार्दिक बधाई तथा शुभकामना शीर्षकमा मुक्तकको मर्म, विशेषता, एवम् शास्त्रीय विधिविधान, मुक्तक लेख्ने तरिका र यसमा हुनुपनै रस लगायत विगतदेखि हालसम्मको प्रयोग समेत स्पष्ठ पार्नुभएको छ । यसैगरी परशुराम परासर, वियोगी बुढाथोकी, प्रभात सापकोटा, रुद्र अधिकारी र निवन्ध आचार्यले पनि आप्mना मन्तव्य व्यक्त गर्नु भएको छ ।

अन्तर्वस्तुको बारेमा भत्रुपर्दा मुक्तककार माधव श्रेष्ठका मुक्तकहरू उत्कृष्ठ छन् । मुक्तकको शास्त्रीय मान्यता अनुसार हुनुपर्नेे प्रहार सटीक ढङ्कले भएको छ । म आपूm पनि अवकाश प्राप्त सैनिक हुँ र सैनिक भाषामा भत्रुपर्दा एक गोली, एक दुष्मन भनिन्छ । त्यसको मतलव गोली खेर नजाओस् र फायर गरेपछि निसानामै लागोस् भनिएको हो । उहाँका १४० वटा मुक्तकहरू सबै त्यस्तै छन् । छानी छानी प्रहार गर्नुभएको छ । समाजमा भएका विकृति, भ्रष्टाचार, अन्याय अत्याचार, गणतन्त्र प्रतिको उपहास, बेरोजगारी, हत्या हिंसा आतङ्ंक, दोषीलाईदलको संरक्षणमा छुटाउने, सोझालाई प्रहरीले, फसाउने, नैतिकताको अभाव, हरेक ठाउँमा ठूलाठालुको दवाव, महत्वपूण निकायहरूमा भागबण्डाको नियुक्ति, सार्वजनिक संस्थाहरूमा हुने मोल मोलाई, नेताहरूको बकम्फुसे भाषणमा आस्वासन, सरकारबाट विना गृहकार्य गरिने बहुलठ्ठी निर्णय र भोलिपल्टको फिर्ता, असारे विकास, राम्रो मान्छे हाम्रो नभनेर, हाम्रो मान्छे राम्रो भत्रे प्रबृत्ति, परिवारवाद हावी, नेपालको कानुन दैवले जानुन को चरितार्थ, कोरोना जस्तो प्राणघातकरोगमा सर्व साधारणले उपचार नपाउने तर नेताहरूलाई टाउको दुखेर छयूँ आउदा विदेशमा जादा करोडों खर्च,नेतालाई जन मतको सिँढी, जनतालाई खुला आकाशमा पीँढी, सहरमा सुन र गाउँमा नुनको अभाव जस्ता यावत नाटकलाई मुक्तकीयभाषामा पाठक देखि शासकसम्म पु¥याउनु भएको छ ।

साहित्य लेखन, समाज सेवा र साहित्य सेवामा रमाउने माधवलाल श्रेष्ठले रोग लागेर जीवन र मरणको दोसाँधमा लडीरहेका बिरामीको पण रक्षाका लागि ७० पटक भन्दा बढी रक्त दान गरेर स्वयमसेवी रक्तदाता बत्रुभएको छ । नेपाली साहित्यको श्रीबृद्धिमा त्यत्तिकै अभिरुचि राख्ने उहाँ, कपनमा हरेक महिनाको दोश्रो शनिवार घुम्ति कार्यक्रम गर्ने गरी सञ्चालनमा रहेको घुम्ति कवि गोष्ठी,नेपालको सचिवको जिम्मेवारी २ वर्ष अगाडिदेखि सम्हाल्दै आउनुभएको छ । यसरी समाज सेवाका अनेकौं क्षत्रमा अतुलनीय योगदान पु¥याउदै आउनु भएका श्रेष्ठको पहिलो मुक्तक सङ्य्रह’नालाङ्घ‘ बाटै पनि उहाँसफलमुक्तककार बत्रु भएको छ । उहाँको साहित्यिक यात्राले निरन्तरता पाइरहोस् र अरू विधामा पनि यस्तै गहकिला कृति प्रकाशित हुदै जाउन् भत्रे शुभकामनाका साथ आजलाई यत्ति ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend