जन आकाश
बिश्वमा फैलिएको कोभिड (१९) को त्रासले नेपललाई पनि नराम्रोसँग त्रर्साएको थियो र मानिसहरु आ–आफ्नो ब्यवसाय, बसिरहेका ठाउँहरु छोडेर सुरक्षित स्थान तिर गएका थिए । भने दैनिक रुपमा हुदै आएको ब्यापार, ब्यवसाय हुन नसक्दा आर्थिक चलायनमान हुन सकेको थिएन । बिशेष गरेर त्यतिवेला नेपालीहरुको नयाँ बर्षमा हुने कारोवार केही हुन सकेको थिएन । त्यसैगरी महाँन चाड बिजया दशमी, तिहार, छठ, लगायतको बेलमा समेत ब्यापार, ब्यवसायको बजार नखुलेपछि नेपालको बर्षभरीको कुल चलायनमान हुने आर्थिकको ९० प्रतिशत त्यहि दशै र तिहारको १ महिना भित्रमा हुने गर्दथ्यो यसरी अर्थतन्त्र चलायनमान हुन नसक्दा नेपालको अर्थतन्त्र खुम्चिएको अवस्था छ । सुरक्षित स्थानतिर गएका मानिसहरु अझै फर्किसकेका छैनन् । ब्यापार, ब्यवसाय सहज हुन सकेको छैन । खुलेका ब्यापार, ब्यवसाय पनि सोचेजस्तो तरिकाले चलेका छैनन् । यो हुनको कारण बजारमा फिजियर जाने रकम फ्रीज भएर नै हो ।
त्यसकारण सरकार मातहतका निकायले पनि अर्थतन्त्र चलायनमान हुने क्षेत्रमा जतिसक्दो चाडो कार्यक्रम ल्याउनु पर्दछ । त्यसैगरी नीजि क्षेत्रले पनि फराकिला क्षेत्रहरुमा लगानी गर्न लाग्नुपर्छ देशलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने ब्यवसायीको कत्ब्य हो । जो नेपाली हुनुमा गर्व गर्छन् । अर्कोतर्फ सरकारी, नीजि क्षेत्रमा जो जो कार्यरत कर्मचारी, मजदुर छन् । उनिहरुले पनि बिगतमा जस्तो जायज नजायज माग राखेर अनाआवश्यक ब्यवधानहरु नगरी नेपालको अर्थतन्त्र उकास्न र लगानी कर्ताहरुलाई प्रत्साहन गर्न सहयोग पु¥याउनुपर्छ । मजदुर, कर्मचारीहरुको असल ब्यवहार देखेर स्वदेशी तथा बिदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षित होउन् । जुन लगानीले नेपालको अर्थतन्त्र चलायनमान हुन सकोस् ।
अहिले देखिएको बैकहरुमा रिजर्भ फण्ड अधिक भईरहेको बैकहरुले रिर्पोट दिईरहेका छन् । भने लगानी कर्ताहरुले ब्यवसाय गर्न केही नीतिगत कारणहरुले सजिलै कर्जा प्रप्त गर्न सकेका छैनन् । त्यस्ता नेपाली नागरिकको हकमा पत्यारिलो आधार भएका र लक्ष्य भेट्न सक्ने खालका योजना युवा पुस्ताले बनाएर ल्याएको खण्डमा सरकारले नीतिगत रुपमा सहजिकरण गर्ने र बैकहरुले सरकारले बनाई दिएको नीतिगत आधारमा लगानी उपलब्द गराईदिने हो भने पनि नेपाललाई आवश्यक बस्तुहरु बिदेशवाट आयत गर्नुपर्नेहरु आफ्नै देशमा उत्पादन गरी देश पनि आत्मनिर्भर हुने धेरै भन्दा धेरै रोजगार पनि सृर्जना गर्न सकिने अन्तराष्ट्रियस्तरमा नेपाली समुदायका ब्यवसायको अनुभव पन बढ्ने हुन्छ । यसरी सवै क्षेत्रको आ–आफ्नो कत्ब्य र भुमिका निर्वाह गरेर नेपालको अर्थतन्त्रलाई उठाउन सवै लाग्नुपर्ने आजको आवश्यकता देखिन्छ ।
यसो नगरीकन अव सुक्कै छैन । नेपालको उत्पादन न्युन छ । बैदेशिक रोजगारवाट कमाएर पठाएको रेमिट्यान्स्ले र केही प¥र्याटन क्षेत्रले र बैदेशिक ऋणले धानेको नेपाल अचेल प¥र्याटन सुन्यमा झरेको छ । हरेक क्षेत्र यतिवेला सुस्ताएको बेला अरु देशको अर्थतन्त्रमा भरपर्नुपर्ने अवस्थावाट मुक्त गराएरु आफ्नै उत्पादन गरी अप्ठ्यारो पर्दा आफ्नै देशको उत्पादनले धान्ने बातावरण बनाउनु पर्छ जसले आपत्त बिपत्त आईपर्दा बिगतको जस्तो आत्तिनुपर्ने अवस्था जआओस् । यस्तो काम सवैले मिलेर गरौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend