जन आकाश
मोहन कार्की ।
काठमाडौं । नेपालमा हजारौ हजार मानिस सडकमा उतार्न सक्ने र बिरोध गर्न सक्ने हजारौ हजार मानिसलाई खान, पान ब्यवस्थापन गर्न सक्ने पार्टीहरुलाई ३ दशकसम्म पनि निर्माण सम्पन्न गर्न नसकेको मेलम्ची खानेपानीको आयोजनामा काम गर्न पठाउन नेपाली जनताले माग गरेका छन् ।
नेपाली जनताको मागमा भनेका छन् । आन्दोलन गर्न जम्मा भए जस्तै गरी जम्मा भएर मेलम्चीको लार्के र याङग्री खोलाको पानी काठमाडौ ल्याउन बाकी रहेको काम अहिले एउटा पार्टीको नाम र चुनाव चिन्हको लागि जोस जागर सवै लगाएर लाईनबद्ध हुदै बिभिन्न शहरमा मानिस जम्मा गरेर करोडौ करोड खर्च गर्नसक्ने, आन्दोलन गर्न सक्ने पार्टीहरुले त्यो जोस, जागरलाई, आर्थिकलाई मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना बन्न बाकी रहेको काम गरेर सकी उपत्यकामा जो गरिव, बिपन्न परिवारहरु जसले सुद्ध खानेपानी नपाएर बर्षैपिछे रोगको सिकार भएर मरिरहेका छन् । बाकी रहेका बिपन्न मानिसहरुलाई बचाउन काम गरुण यदी साच्चै नै राष्ट्र र जनताको हितमा राजनीतिक पार्टीहरुले काम गर्ने हो भने ।
नेपलमा बनिरहेका योजनाहरु समयमा नबन्नुको कारणहरु जनशक्तिको अभाव, बन्द–हडताल, स्थानीय वा राजनीतिक पार्टीहरुको अवरोध जस्ता बिषय राखेर समय लम्ब्याउने लागत बढाउने गरिएको छ । तर नेपालमा जनशक्तिको अभाव भएको देखिदैन । अर्को तर्फ नेपालमा सेटिङगमा ठुला आयोजना, परियोजनाहरु समयमा नबनाउने र १ अर्बभन्दा माथिका परियोजनाहरु बिदेशीलाई दिईने र र्अबौको लागत बढाउन बन्द, हडताल गराउन तिनै कम्पनीहरुले राजनीतिक पार्टीहरुलाई प्रयोग गरेर सिंङगो देशलाई नोक्सान पु¥याउदै आएको देखिन्छ ।
यो पछिल्लो समयमा गएको ५ बार्षजति नेपालमा शान्ति स्थिरता भएपछि यस्ता ठुला योजना र परियोजनाहरु कब्जा गरेर बस्ने र लागत बढाउदै नाफा निकाल्न मात्र खोज्ने र नेपालको बिकास ढिलो गराएर आनान्द मान्ने बिदेशी कम्पनी र ति कम्पनीलाई बचाउन र कमिशन खान चलखेल गर्ने बिचौलियाहरुको शान्ति र स्थाईत्व देशमा हुन थालेपछि र तोकेको समयमा काम नगर्ने कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि सातो गएको थियो ।
अरबौ र्अब लागत बढाउन चलखेल गर्ने बिदेशी कम्पनीहरुले राजनीतिक पार्टीहरुलाई केही करोड दिएर बन्द, हडताल, गराउन लगाउने गर्ने बिगतमा गदथृे त्यो केही समय रोकिएको थियो । पुनः त्यस्तै खालको रवैया नेपाल बिरोधि प्रबृति देखिन थालेको छ ।
त्यसैले आउदा दिनमा आम नागरिकहरुले पनि बुझ्न जरुरी भएको छ । सडकमा गएर खेर फाल्ने समयलाई सदुपयोग गर्न लाग्यौ भने नेपालले प्रगति गर्नसक्छ । नेपालीले आम्दानी गर्नसक्छन् । अर्थतन्त्रमा बलियो हुनसक्छौ । अर्थतन्त्रमा बलियो भएपछि उधोग खोल्न सक्छौ । उधोग स्थपना गरेपछि हजारौ हजारले रोजगार प्रप्त गर्नसक्छन् । उधोग, ब्यापारवाट उठेको राजश्वबृद्धिले नेपालका ठुला ठुला आयोजना बनाउन सक्छौ । तोकेको समयमा आयोजनाहरु बन्न सक्छन् र बिकास हुनसक्छ ।
त्यसकारणले सडकमा जम्मा हुने आम नागरिकले हामीले सडकमा गरेको चक्काजाम, तोडफोड, आगजनी, बन्द, हडताल जस्ता बिषयले आफ्नै देशको बिकासलाई क्षति पु¥याउछ भन्ने बुझ्नुपर्छ । सरकारमा रहेको ब्यातिm, पार्टीले गलत गरेको खण्डमा अहिलेको क्रान्तिकारी संविधान लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा तर्कसंगत ढंङगवाट बिरोध गर्ने प्रशस्त ठाउ रहेका छन् । त्यो पनि भएन निर्वाचनमा जनताले मत दिएर नै नेता बनाएका नेताहरुलाई मत नदिएर पनि दण्ड दिन सक्छन् । यति सजिलो र बुद्धिमानी तरिका हुदाहदै अर्को बाटो अपनाउनु मनासिब मानिदैन ।
त्यसैले सडकमा जम्मा गरेर बन्द, बिरोध गराउदै हिड्नेहरुलाई जनताले मेलम्ची खानेपानी आयोजनाको सक्न बाकी रहेको काम गर्न जाओ भन्ने आवाज उठाउनु स्वभाविक देखिन्छ । जनताले भनेको जस्तै गर्दा ३ दशकसम्म पुरा हुन नसकेको मेलम्ची आयोजना चाडै पुरा हुनसक्थ्यो । यतपटी पो बिचार गर्ने हो कि पार्टीका सडकमा जम्मा हुने नेता कार्यकर्ताहरु ?
मितिः २०७७ साल फागुन ११ गतेको जन आकाश साप्ताहिकमा प्रकाशित
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend