जन आकाश
काभ्रे । काभ्रेको धुलिखेलमा आजवाट बागमती प्रदेश रजिस्ट्रारको कार्यालयले आयोजना गरेको अनलाइन पत्रकारिता तालिम शुरु भएको छ। बागमती प्रदेश उपसभामुखवाट उदघाटन गराएर तालिमको शुरु भएको हो।
महिला सभागिता कम भएकोमा दुखेसो
कार्यक्रमको उदघाटनको क्रममा बोल्दै उपसभामुखले महिला सहभागीता कम भएकोमा दुखेसो पोखेकि छन् । र पत्रकारहरुलाइ शुभकामना दिएकी थिइन् ।

नेपाल संघियतामा गइसकेपछि ७ प्रदेशमा बिभाजन गरेर प्रदेशको अवधारणा लागू भएपछि बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिस्ट्रारको कार्यालयले पत्रकारको दक्षता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यसैको निरन्तरता दिदै आजवाट ५ दिनको लागि अन्लाईन पत्रकारिता तालिम शुरूवात भएको हो।
उत्त तालिममा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका २२ जना अनलाइन पत्रकारहरुको सहभागितामा तालिमप्राप्त प्रशिक्षकवाट प्रशिक्षण भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend