जन आकाश
मोहन कार्की
काभ्रे । काभ्रेको धुलिखेलस्थित माउण्ट पृन्सेस होटलमा मिति २०७७ फागुन १२ गतेवाट सञ्चालन भएको बागमति प्रदेशस्तरी अनलाईन पत्रकारिता तालिम आज तेस्रो दिनसम्म जारी रहेको छ ।

१९ जना पत्रकारहरलाई क्षमता अभिबृद्धि गरउन तालिम दिन खटिएका प्रशिक्षकद्धय प्रवेश सुवेदी र उमेश श्रेष्ठले थ्यौरिकल र प्रक्टिल गराउदै आएका छन् । नयाँ प्रविधिको विकास, प्रयोग, आम पाठकमा पु¥याउने तरिका सिकाउदै र एक आपसमा अन्तरक्रियात्मक गरिरहेका छन् ।
यहि १२ गते बागमति प्रदेश आन्तरिक मामिला तथा न्याय मन्त्रालय सञ्चार रजिष्ट्रार कार्यलयको आयोजनामा बागमति प्रदेश कै उप सभामुख राधिका तामाङले उदघाटन गरी कार्यक्रम शुरु भएको थियो । उक्त ५ दिने अनलाइन पत्रकारिता तालिम १६ गते सम्म चल्ने कार्यक्रम संयोजक रेवती सापकोटाले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend