logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

डेभलपमेन्ट बैकर एसोसिएसनको सम्मेलन सम्पन्न


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १४ २०७७

काठमाडौ । मिति २०७७ साल फागुन १३ र १४ गते डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र एओटिस नेपालको संयुक्त आयोजनामा “द ग्लोबल इम्प्याक्ट्स अफ् कोभिड १९ एण्ड इट्स कन्सकोइन्सेस टु द फाइनान्सिएल सेक्टरः द नेप्लिज प्रसपेक्टिभ्स” नामक २ दिने वेविनार सम्पन्न भएको छ ।



नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख वक्ता इस्लामिक बैंक बंगलादेश लि. को कार्यकारी समितिका अध्यक्ष, बंगलादेश आवास निर्माण वित्त निगमका अध्यक्ष, आइक्यावका परिषद सदस्य तथा चित्तागोङ् युनिभर्सिटीका प्राध्यापक डा. मोहमद सलिम उद्दिन थिए ।

कोभिड् १९ का कारण बिकास बैंकहरुको व्यवसायमा असर परेको, निश्कृय कर्जा बढ्ने संकेत देखिदै गएको, कर्जा तानातानले अस्वस्थ प्रतिस्पर्धा बढेको, आयात बढेसंगै तरलता संकुचन हुने संभावना बढेको, बिकास बैंकहरुले दुःख गरेर हुर्काएका साना साना ग्राहकहरु पनि बाणिज्य बैंकहरुले तानी दिने गरेको, निश्कृय कर्जा बढेसंगै नाफामा असर गरेकाले पूंजी पर्याप्ता पनि असर परेको आदि कारणले अन्तराष्ट्रिय स्तरका बैंकहरुले कसरी यस्ता समस्यालाई हल गर्दै गइरहेका छन् भन्ने कुराको अनुभव साटासाट गर्ने उद्देश्य उक्त वेविनारको आयोजना गरिएको डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले बताए ।

नेपाल राष्ट्र बैंकले ल्याएको व्यवहारिक मौंद्रिक नीतिका कारण अहिले ऋणीहरु, बैंक तथा वित्तीय संस्था तथा वित्तीय प्रणालीलाई नै सकरात्मक प्रभाव परेको र यस्को असर कम हुंदै जाने संकेत देखिएको भएता पनि कोभिड् १९ बाट पर्ने असरलाई रणनीतिक रुपमा योजना बनाई अगाडि बढ्नु पर्ने कुरालाई डा. गुणाकर भट्टले जोड दिए ।

नेपाल एओटिएसका अध्यक्ष प्रशान्त लाल श्रेष्ठले कोभिड् १९ ले वित्तीय प्रणालीलाई पारि रहेको असर र त्यस पछि तयार पारिनु पर्ने रणनीतिका लागि अन्तराष्ट्रिय संघ संस्थासंग समन्वय गरी अन्तराष्ट्रिय वक्ता झिकाउने कार्यमा सहयोग गर्न पाएकोमा खुशी लागेको उल्लेख गर्दैै डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालसंग पहिलो सहकार्य भएता पनि आगामी दिनमा बिकास बैंकका कर्मचाहरुलाई अन्तराष्ट्रिय संघ संस्थाबाट व्यवहारिक ज्ञान प्रदान गर्ने कार्यमा थप पहल गर्ने बताए ।

गरिमा बिकास बैंकका प्रशासन विभागका प्रमुख दयाराज अर्यालले राष्ट्रिय र अन्तराष्ट्रिय तथ्यांकलाई मिहिन तरिकाले केलाई कोभिड् १९ ले बैंक तथा वित्तीय संस्थालाई पारेको असर कम गर्न अत्यन्तै व्यवहारिक र समय सान्दर्भिक आंैजारहरु प्रयोग गर्न मुख्य वक्ता प्रा. डा. उद्दिनले सुझाएको उल्लेख गरे ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend