जन आकाश
मोेरङ । प्रकाश घायकको मुक्तक संग्रह लाजको आग्लो लाई नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा, श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा बिराटनगरको एक होटलमा सामूहिक विमोचन भएको छ ।
बिमोचित कृतिलाई नेपाल स्रष्टा समाजको अध्यक्ष विधान आचार्यले कृति माथि समालोचकिय दृष्टिकोण राखेका थिए । बरिस्ठ गजलकार प्रकट पगेंनी शिव तथा दुर्गा किरण तिवारीले प्रकाश घायलको लेखनी कलालाई शुभकामना दिएका थिए ।
मन्जुश्री, उमा सिजपती ,तृष्णा कार्की तारा खत्री, लक्ष्मी रायमाझी खड्का ,राजन कार्की ,प्रसुराम घिमिरे,लगाएत करिव पौसठ्ठी जना स्रष्टा र साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो ।
मुक्तक कृति लाजको आग्लो लाई नारी स्रष्टा समाज, विराटनगरले प्रकाशन गरि नारी स्रष्टा समाज बिराटनगरले नै विमोचन गराएको हो ।
स्मरण रहोस् प्रकाश घायलको यो पहिलो कृति हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend