जन आकाश
मोहन कार्की ।
काठमाडौ । जव सुखः याम शुरु हुन्छ उपत्यकाका मानिसहरुलाई खानेपनीको अभाव हुने गरेको छ । बर्षा हुने समयमा पनि काठमाडौ उपत्यकाबासीहरुलाई प्रशस्त पानी पाइन्छ भन्ने होइन । तर सुख्खा मौषमभदा बर्षा याममा पानी बढी पर्ने हुदा भुमिगत पानीले केही मात्रमा भरथेग हुदा सजिलो हुदै आएको छ ।
उपत्यकाका मानिसहरुलाई सुद्ध र प्र¥याप्त खानेपानी पु¥याउने भनेर झण्डै ३० बर्ष अगाडी शुरु भएको मेलम्ची खानेपानी परियोजना एकपछि अर्को र्गदै पछाडी धकेलिदै आएको छ ।
२ बर्ष अगाडी नै मेलम्ची खानेपानी आयोजनाको काम ९० प्रतिशत सकिएको र ३ महिना भित्रमा काठमाडौ उपत्यकाबासीहरुलाई खानेपनी उपलब्ध गराउने भनेर सार्वजानिक गरेर नै आयोजनाले मानिसहरुलाई आश्वस्त पारेको थियो । तर अहिले सम्म मेलम्ची खानेपानी आयोजना काठमाडौका धाराहरुलमा झरेको छैन ।
यहि बिषयमा हामीेले मेलम्ची खानेपानी आयोजनाका प्रबक्ता राजेन्द्र पन्तलाई खानेपानी नआउनका कारणहरु के हुन ? कहिले आउछ भनि सोधेका थियौ उनले “डाईभर्सन शुरुङका कामहरु सम्पन्न भई सकेका र हेडबक्सको सामान बिदेशवाट आउने हुदा त्यो अलि ढिलो भएको तर आउदो आर्थिक बर्ष सम्म काठमाडौ उपत्यकाका मानिसहरुले मेलम्चीको पानी प्रयोग गर्न पाउने बिश्वास गर्न” आग्रह गरेका छन् ।
उनको भनाईलाई बिश्वास गर्ने आधार भने छैन । यो भन्दा अगडी पनि यस्तै भन्दै आएको मेलम्ची खानेपानी परियोजनाले एकपछि अर्को र्गदै पानीको काम सादै आएको छ । यो परियोजना पछाडी धकेल्नमा केही रहस्य पनि लुकेको हुन सक्ने उपत्यकाका बुद्धिजीविहरुले आशंका र्गदै आएका छन् ।
खानेपानीको अभावले सुत्केरीहरुको बिजोग
काठामाडौमा अवसरको खोजिमा आएका बिपन्न बर्गको लागि खानेपानीको अभाव अत्यन्तै जटिल बनेको छ । त्यसै गरी जो निम्न वर्गीय र मध्यवर्गीय परिवार कै लागि पनि खानेपानीको अभावको कारण सुत्केरी, बालबालिकाहरुको बिजोग भएको देखिन्छ । सुत्केरी महिलाहरु र बालबालिकाहरुको कबडाहरु धुन र सफा पिउने पानी अति आवश्यक हुन्छ । यस्तो संवेदनशील बिषयमा समेत खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी परियोजना बन्न नसक्नुले बिश्वमा नै नेपाल लज्जित बनाएको छ ।
जलस्रोतको धनी देश भनेर प्रचार गर्ने र गर्व गर्ने देशका नेपालीहरुको लागि यो जतिको लागलाग्दो बिषय अरु के हुन सक्छ । त्यसैले मेलम्ची खानेपानी आयोजना ढिलाई हुनुमा बुद्धिजीविहरुले गरेको जस्तै आशंका र रहस्यमय बनिरहेको बिषयमा छानबिन गर्न ढिला गर्नु हुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend