जन आकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरि अनुमति पाएको हो ।
‘नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र वित्तीय साक्षरता अभिवृद्धिका लागि समेत पहल गर्नेछ,’ डिजी पे प्रालिका प्रमुख कार्यकारी अधिकृत दिवाकर पाण्डेले भने ।
नेपाल राष्ट्र बैंकबाट औपचारिक अनुमति प्राप्त गर्नुभन्दा अघि नै डिजी पे लोकप्रिय भइसकेको उनी बताउँछन् । उनका अनुसार हालसम्म गुगल प्लेस्टोरबाट ५० हजार र आईओएस प्लेटफर्मबाट १० हजारभन्दा अधिक डिजी पे डाउनलोड भइसकेको छ ।
विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरू, ब्युटीप्याजेन्ट आयोजकहरू, विभिन्न ब्रान्डका विक्रेता तथा ग्राहकमाझ लोकप्रिय भइसकेको उनी बताउँछन् ।
‘डिजी पेका माध्यमबाट वस्तु किनमेल (इकमर्स), फोन सेवा रिचार्ज, विद्युत्, खानेपानी, इन्टरनेट आदिको भुक्तानी मात्र होइन, आफ्नै नजिकको स्थानमा आधारित कार्यक्रमको आयोजना, त्यस्ता कार्यक्रममा संलग्नता र सहभागिता, डिजिटल भोटिङसहितका कार्य सम्पन्न गर्न सकिन्छ,’ पाण्डेले भने, ‘नेपालमा डिजिटल भोटिङ सेवा सुरु गर्ने डिजी पे पहिलो वालेट हो ।’
नेपाल राष्ट्र बैंकबाट औपचारिक रुपमा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेपछि अब डिजी पेले खाद्य तथा वस्तु किनमेल र त्यसको आपूर्ति, सिनेमा र हवाई टिकट, राइड सेयरिङलगायतका विशेषताहरु थप्ने उनले जानकारी दिए । नेपालमा अनलाईन पे भनेको ईसेवा मात्र होला भन्ने धेरै जति मानिसहरुको बुझाई रहेको छ । तर यो डिजीपे पनि इेसेवा जस्तै सेवा हो भन्ने मानिसहरुले बुझ्न जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend