logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालको राजनीतिक गतिरोध चाडै अन्त्य होस् 


  • जन आकाश
  • मंगलबार, फाल्गुन १८ २०७७

नेपालमा सत्तापक्ष पार्टीको विवादका कारण राजनीतिक गतिरोध उत्पन्न भएको डेढ महिना भईसकोको छ । अझै त्यो गतिरोध सावधान हुने वाटोतिर गईरहेको देखिदैन । एक अर्काले दोषारोपन गरेर समाजका मानिसहरुमा बिभाजन ल्याउने काम भईनै रहेको छ । जसले गर्दा भोलिका दिनमा समाज नै बिभाजन हुने सम्भावना बढी छ । राजनीतिमा बिचारको प्रतिस्पर्धा गर्न पाईने ब्यवस्था नेपालमा भएको भएपनि कतिपय ठाउहरुमा त्यो चेतना सवैमा भइनसकेको हुदा माथि केन्द्रको विवादले तलका अर्धचेत भएका मानिसहरु बिभाजित हुदै गइरहेका छन् ।



हुनत सर्वोच्च अदालतले. संसद बिघटन गरेको बिषया संसद पुनःस्थापना गरिसकेपछि सर्वोच्चले गरेको निर्णयलाई सवैपक्षले स्वीकारेका छन् । तरपनि नेपालमा अस्थिरता ल्याउनका लागि बिभिन्न कोणवाट भइरहेका राजनीतिक ष¥यन्त्र भने जारी नै रहेको देखिन्छ ।
संविधानमा उल्लेख कानुन, नियमहरु भएपनि नेपालमा राजनीतिको नाममा जर्वजस्त सडकवाट नै र्बागेनिङ गदै नेपालमा राजनीतिक अभिष्ट पुरा गराउन राजनीतिक दलहरु बन्द, हडताल, आगजनी र्गदै उनिहरुले माग पुरा गर्ने गरेका छन् । कानुन, नियम सर्वसाधरण जनतालाई मात्र हुने गरेको छ ।

त्यस्तै खालका काम अहिले पनि भइरहेका छन् । सत्तापक्षको विवादले सरकार ढाल्ने र बनाउने कुन पार्टीसँग समिकरण गर्ने जस्ता राजनीतिक जोड घटाउले नेपालको राजनीतिलाई झनै पेचिलो बनाउदै लगेको छ । यसले राजनीतिक गतिरोधलाई लम्ब्याउने देखिन्छ । यसरी राजनीतिक गतिरोध लम्बिरहदा देशमा अस्थिरता बनिरहने र बिदेशी शक्तिहरुले उनिहरुको स्वार्थ अनुकुल खेल्न सक्छन् ।

उनिहरुको स्वार्थ अनुकुल खेल्दा नेपाल र नेपालीहरुको आफ्नो स्वाभिमान, मौलिक पहिचान लगायतका सवै क्षेत्रमा आत्मनिर्णय गर्ने सम्मको अधिकारलाई जानेर वा नजानेर गुमाउन पुग्ने सम्भावना हुन्छ । त्यसैले राजनीतिक गतिरोध देशको हितमा हुदैन । त्यसकारण चाडोभन्दा चाडो राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ । यसरी राजनीतिक गतिरोध अन्त्य गर्नु नेपालको हितमा हुन्छ ।

सामान्य भन्दा सामान्य फाइदाको लागि पनि विवाद निकालेर बस्ने ठुला साना राजनीतिक दलहरुले पहिलो देश र नेपाली जनता हुन् । देशको सर्वभौम नै नरहे के को अधिकार बाकी रहला भन्ने सोच राखेर मिल्न सक्ने जति कुराहरुमा मेलमिलाप गरेर राजनीतिक समस्याको सावधान खोज्नु बुद्धिमानी देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend