जन आकाश
काठमाडौ । कपिल कार्कीले निर्देशन गरेको छोडी गयौं बाबा छोडी गयौं आमा बोलको म्युजिक भिडियो आज काठमाडौको कागेस्वरी नगरपालिका गोठाटार ९ मा रहेको सृजनशिल बाल सेवा आश्रममा विभिन्न ब्यात्तित्वहरु, बाल आश्रमका भाइबहिनीहरु,सञ्चालकहरुको उपस्तिथिमा सार्वजनिक गरिको छ। उक्त गित सिएल शर्माले रचना, लय,सङ्गीत गरेका हुन।
म्युजिक भिडियो निर्देशन कपिल कार्कीले गरेका छन् । अभिनयको मुख्य भुमिकामा बाल कलाकार स्वेता आचार्य निभाएकी छन् भने अन्य भुमिकाहरुमा मोडल अन्जु सुनार,जयपल कार्की ,गोबिन्द चापागाईं,भुपेन्द्र रायमाझी ,रमा चापागाईं,नारायण पराजुली , स्मृति पौडेल रहेका छन् ।
उक्त भिडियोको कथामा एउटा बालिकाको बाबा र आमाले छोडेर गएको मार्मिक कथामा आधारित छ। तर पछि दुबै बाबा आमाले फर्केर अफ्नो सन्तानको माया दर्साएको गितलाइ भिडियोमा देखाइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend