जन आकाश
मोहन कार्की ।
काठमाडौं । झण्डै लोप हुनलागेको जिरेल समुदायको धार्मिक तथा सांस्कृतिक (चेन पुजा) ४० वर्ष पछि यो वर्ष सम्पन्न भएको छ । ऐतिहासिक संस्कृति झल्काउने जिरेल समुदायको यो फागुन पूर्णिमाका दिन पर्ने गर्दछ । विगतमा निरन्तर मनाउँदै आएपनि उक्त पुजा कारणबस हुन सकेको थिएन । जिरेल समुदायका अगुवाहरुले जिरेल जातिको धर्म संस्कृतिलाई लोप हुन नदिन यो वर्ष (चेन पुजा) आयोजना गरेका हुन् । आउदो हरेक वर्ष यो पुजा आयोजना हुने पुजा आयोजक समिति अमृत बहादुर जिरेलले बताएका हुन् ।

(चेन पुजा)का दिन जिरेल समुदायमा टाढा टाढाबाट इष्टमित्र भेला भई भेटघाट गर्ने, शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आफ्नो सांस्कृतिक भेषभुषामा मानिसहरु नाचगान गर्ने, रमाइलो गर्ने र वर्ष दिनको दुख पिडा बिर्सेने गर्दछन् ।किुरात धर्म मान्ने भएपनि जिरी आसपासका जिरेलहरुले बुद्धिस्ठ धर्मपनि मान्ने गर्दछन् जिरेल जातिभित्रको एक शाखाको रुपमा जिरेल जातिलाई मानिन्छ ।

आफ्नै भाषा, रीतिरिवाज, संस्कृति रहेको जिरेल जातिको उद्गमस्थल दोलखाको जिरीलाई मानिन्छ । जिरेल सुमदायमा आगो, वायु, पृथ्वी जस्ता प्रकृतिहरुको पुजा गर्ने परम्परा पनि चल्दै आएको छ । उद्गमस्थल दोलखा भएको जिरेल समुदाय अहिले सिन्धुली, बारा, पर्सा, चितवन जस्ता जिल्लामा फैलिइसकेका छन् । जिरेल समुदायको बोली चालीको भाषा जिरेल नै हो । त्यसैगरी जिरेल समुदायले कुल देवता (चेन पुजा) नांगील्हा पुजा, भूमे पुजा, चेरम्जो पुजा, ह्यूलसा पुजा, छ्योमु पुज्ने, चारमाने पुज्ने गर्दै आएको छ ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend