logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राष्ट्रवादी केन्द्र नेपालले देशभर बिरोध प्रदर्शन गर्ने


  • जन आकाश
  • आइतबार, फाल्गुन २३ २०७७

काठमाडौ । राष्ट्रवादी केन्द्र नेपालले देशैभरीका राष्ट्रवादीहरुलाई समेटेर सर्घष गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी उक्त कुरा जानकारी गराएको हो । उक्त केन्द्रले बिज्ञप्तिमा भनेको छ ।



राष्ट्र, राष्ट्रियता, वैदिक सनातन धर्म संस्कृति, जनजिविका र राष्ट्रिय पूँजीर लगानीको पक्षमा राष्ट्रवादी केन्द्र नेपालले विगत ५ बर्ष देखी संघर्ष गर्दै आइरहेको सर्वविदितै छ।

बोन, शाक्त, शैव, शाङ्ख्य, ब्रहमरवैदिक, बौद्ध, जैन र प्रकृतिपूजक धर्मदर्शनले सिञ्चित पवित्र भूमी नेपाल हो । धर्म र संस्कृतिले समाजको, समाजले राजनितिको, राजनितिले प्रणालीको निर्माण गर्ने हुन्छ । हाम्रो देशको राजनितिक प्रणालीमा माथिका मौलिक दर्शन तथा धर्मसंस्कृतिहरुलाई बिमुख बनाइएको कारण हाम्रो संस्कृति, अर्थतन्त्र लगाएत समग्र क्षेत्रहरु परजिवि बनिसकेका छन् ।

यसर्थ नेपालको समग्र प्रणालीलाई माटो सुहाउँदो बनाउने लक्ष्य पुरा नहुन्जेल हाम्रो संगठनले आजैदेखि शान्तिपूर्ण भद्र अवज्ञाका कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा उद्घोष गर्दछ। शान्तिपूर्ण अवज्ञाका कार्यक्रमहरुलाई केन्द्र देखि स्थानीय तह सम्म जनताको जनजीविका, धर्म संस्कृतिको संरक्षण, राष्ट्रिय पुँजी लगानीको पक्षमा तथा सरकार र व्यवस्थाका त्रुटिहरु, बेथिति, अन्याय, अत्याचार, भ्रष्ट्राचार र राष्ट्रघातको बिरुद्धमा जनस्तरबाट सुरुवात गरिनेछ। सम्पुर्ण राष्ट्रवादी, धर्म संस्कृति पक्षधर संघ(संगठनहरु, राष्ट्रिय उद्यमी व्यवसायहरु तथा आम जनसमुदायहरुलाई हाम्रो शान्तिपुर्ण भद्र अवज्ञा अभियानलाई साथ समर्थन जनाउन हार्दिक अपिल गर्दछौं । गत फागुन २१ गते काठमाडौं लगायत देशभरका शहरहरुमा भएको बृहत कार्यक्रमलाई सफल बनाउन अनवरत लाग्नु हुने सम्पूर्ण तहका नेतृत्वहरु, जनसमुदाय, विभिन्न शुभेच्छुक संघ संस्थाहरु, सुरक्षा कर्मीहरु, सञ्चार कर्मीहरु तथा सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गदछौं

चन्द्र बहादुर थापा
संयोजक राष्ट्रवादी केन्द्र नेपाल

उनिहरुको राष्ट्रवाद होकी होइन ब्यवहार हेर्न बाकी नै छ । आम नागरिकले बुझ्न पाउन भनेर उनिहरुले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै याहा प्रस्तुत गरेका छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend