logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुसेली भजनमा शिव महिमास्


  • जन आकाश
  • सोमबार, फाल्गुन २४ २०७७

सुसेली भजनमा शिव महिमास्



सबै हिन्दुको
महाशिवरात्री हो
आराधना यो ।१

दाता जिबका
एकसय आठ छन्
नामै शिवका ।२

माला अर्पण
शिवजीको महिमा
गर्छु बर्णन ।३

नम सिवाय
ॐ नम भगवते
वाशुदेवाय ।४

शम्भु त्रिनेत्र
अर्पण बेलपत्र
लीला विचित्र ।५

शशि शेखर
शिर्ष चन्द्र धारण
गर पारण ।६

वामदेवको
अत्यन्तै राम्रो रुप
कामदेवको ।७

बिष्णु बल्लभ
कृष्णका प्रियपात्र
जग झल्मल ।८

नील लोहित
निलो र रातो वर्ण
पार्ने मोहित ।९

अम्बिका नाथ
पति भगवतीका
म छु अनाथ ।१०

भक्त वत्सल
सेवकमा दयालु
अति असल ।११

सुर सुदन
दैँत्य विनाशकारी
मधुसूदन ।१२

कैलाशवासी
मुक्ति दिने प्रभु जी
यो पाप नासी ।१३

त्रिपुरांतक
त्रिपुर विनाशक
लीला अनन्त ।१४

वृषभा रुढ
साँढे माथि सवार
असल गुढ ।१५

हीरंण्ड्य रेता
स्वर्ण तेज भएका
देखौँ म कता ।१६

प्रमथाधिप
अधिपति गणका
लाग्दैन सीप ।१७

चक्र विक्रम
सुन्दर पराक्रमी
युद्ध जित्नमा ।१८

शुद्ध बिग्रह
सफा मुर्ति भएका
दाता रहेका ।१९

सहस्र पाद
हजारौं पाउ धारी
हरि मुरारी ।२०

हे लोकेश्वर
ईश्वरका ईश्वर
परमेश्वर ।२१

शम्भु भोला हो
अत्याचार गर्नेको
जय किन भो रु२३

दिगम्बरको
वरदान विना नै
नाङ्गो नाच भो ।२४

शंकर भोला
तिम्रो भक्ति नहुँदा
खेर गो चोला ।२५

पिनाक धारी
सर्बलोक पालक
मंगलकारी ।२६

शिव, पिनाकी
महेश्वर, कपर्दी
शम्भु, कवची ।२७

उग्र, कामारी
शुलपाणी, श्रीकण्ठ
भव, कपाली ।२८

शर्व, शंकर
खटवांगी, कठोर
हे गंगाधर ।२९

परशुहस्त
विरुपाक्ष, वृषांक
हौ शिपिविष्ट ।३०

हे त्रिलोकेश
भस्मोद्धूलित्विग्रह
भिम, सर्वज्ञ ।३१

ललायक्ष हौ
महाकाल स्वरूप
शिवाप्रिय छौ ।३२

कृपानिधीको
त्रिलोकेश, गिरीश
शितिकण्ठ भो ।३३

मृगपाणी हो
जटाधर, दुर्धुर्ष
सामप्रियको ।३४

स्वरमयीको
त्रयीमुर्ति, शंकर
अनिश्वर भो ।३५

परमात्मा जो
सोम, सुर्य, निलोचन्
यज्ञमय पो ।३६

हवि, अनद
भुजंग, भुषणको
साम नाम हो ।३७

गिरीश्वरले
कैलाशमा सयन
क्रिडा गर्दथे ।३८

जगदव्यापी
पंचवक्त्र भएका
हुन् प्रजापति ।३९

सदाशिव जी
विश्वेश्वर नामले
छन् पुराराती ।४०

वीरभद्रले
गरे यज्ञ विध्वंस
गण साथ थे ।४१

यी गिरीधन्वा
महासेन जनक
हुन् कृतिवासा ।४२

जगद गुरु
मृत्युन्जय, भगवान्
यी सुक्ष्मतनु ।४३

भर्ग, साविक
गिरीप्रिय शाश्वत
रुद्र, अव्यय ।४४

देवादिदेव
दिगम्बर स्वरूप
हे महादेव ।४५

हे भुतपति
अहिर्वुध्न्य, अव्यग्र
पुषदन्तभित् ।४६

यी दिगम्वर
अष्टमुर्ति भएका
जगदिश्वर ।४७

दक्षाध्वर्हर
अज, अनेकात्माका
हरि लौ हर ।४८

खण्डपरशु
स्थाण अव्यक्त छौ
अनेत, प्रभु ।४९

भग नेत्रयिद्
सहस्राक्ष, तारक
अपवर्गप्रद् ।५०

जप्छु सदैव
सय र आठ नामि
यिनै हुन् शिव ।५१

दुर्गा अधिकारी भमरकोटे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend