जन आकाश
मोहन कार्की ।
काठमाडौ । मेलम्चीको पानी काठमाडौ उपत्यकाका नागरिकहरुलाई केही दिनमा नै धारामा झारेर वितरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलिले बताएका छन् । उनले मिति २०७७÷११÷२२ गते काठमाडौको सुन्दरीजलमा बनेको स्टोरेज टंकी मा मेलम्ची खोलाको पानी उदघाटन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उक्त उद्घाटन गरेपछि बोल्ने क्रममा प्रधानमन्त्रीले उपत्यकाबासीहरुलाइ पानी दिएकोमा सिन्धुपाल्चोकका जनतालाई धन्यवाद पनि दिएका थिए ।
शनिवार बेलुकी पख सुन्दरीजल पुगेका प्रधानमन्त्रीले एक नं गेटमा रहेको स्वीज थिचेर पानीलाइ फ्लस गरेका थिए । यहि ११ गते सिन्धुपाल्चोकवाट शुरुङमा हालिएको पानी शुरुङमा नै ११ दिनसम्म जम्मा भएर बसेको पानीलाई प्रधानमन्त्रन्त्रीले फ्लस गरेको मेलम्ची खानेपानी आयोजनाका प्रबक्ता राजेन्द्र पन्तले बताए ।
काठमाडौ उपत्यकामा बसोवास गदै आएका बिपन्न, बर्गहरुले सुद्ध खानेपानीको चरम अभावमा ब्यहोदै आएका छन् । त्यसमा पनि बिपन्न परिवारका सुत्केरी, बालबालिकाहरु पानीको अभावमा तनाव ब्यहोरी रहेका छन् ।

जन आकाशको खवदारीको प्रभाव
गएको मगलवार बर्ष १३ अङक ३० को यसै जन आकाश साप्ताहिकको मूख्य समाचारमा मेलम्चीको खानेपानी पुरा नगर्नुको रहस्य के हो रु भनि समाचार प्रकाशन भएको थियो ।
त्यसैको ठिक चार दिनपछि प्रधानमन्त्रीले मेलम्चीको खानेपानी पुरा नगर्नुको रहस्य के हो रु भन्ने जन आकाशको समाचार पढेपछि चासो राखेर नै प्रधानमन्त्री सुन्दरीजल पुगेका हुन् ।
त्योभन्दा पहिला पनि थुप्रै पटक हेडलाईनमा नै मेलम्चीको बिषयमा समाचार जन आकाश साप्ताहिकले प्रकाशन गदै सम्बन्धित पक्षलाई झकझकाउदै आइरहेको छ ।
यसरी प्रधानमन्त्री नै गएर पानी काठमाडौ आईसक्यो भनेर उदघाटन गरेपछि सायद गएको दुईबर्ष अगाडी नै २०७५ सालमा खानेपानी मन्त्री बिना मगरले २०७५ सालको दशैमा नै काठमाडौका जनतालाई पानी वितरण गर्ने भनेर झुक्याए जसरी झुक्याउने काम यो पटक भएको छैन होला भनि हामी बिश्वस्त हुदाहुदै पनि प्रधानमन्त्रीले उदघाटन गरेको भोलिपल्ट २०७७÷११÷२३ गते पुनः हामी शुरुङको बस्तुस्थिति बुझ्न गएका थियौ त्याहा पुगेर हामीले शुरुङको ढोका हेरेका थियौ । जाहा पानी चुइरहेको थियो । शुरुङको ढोका बन्द थियो । प्रत्यक्ष पानी आएको देखिने कुनै ठाउ थिएन । हामीले पानी काहावाट आउछ भनि सुरक्षामा खटिएका गार्डलाई सोधेका थियौ त्यहा रहेका सुरक्षा गार्डले शुरुङ भित्र देखिने फलामको बन्द गरिराखेको ढोका देखाउदै । उतावाट पानी आईराखेको छ । यो भरिएर माथिल्लो पाइपवाट स्टोरेज कक्षमा जाने जानकारी दिएका थिए ।

त्यहा शुरुङ हेरेर फर्कने क्रममा एकजना दिलिप प्रसाद सिंखडा स्थानीयलाई भेट्यौ उनलाई हामीले मेलम्ची आयोजनाको बारेमा जानकारी छ भनि सोधेका थियौ उनले शुरु अवस्था देखि अहिलेसम्म जानकार रहेको बताएका थिए । हामीले गएको दुईबर्ष अगाडी नै बनिसकेको आयोजना भन्ने सुनेका थियौ वास्तविकता के हो भन्ने प्रश्नमा “ उनले भने गएको २ बर्ष अगाडी सुन्दरीजलको खोलाको पानी जम्मा गरी शुरुङमा हालेर बनिसक्यो भनेर प्रचार गरी ढाटेका थिए यो पटक त्यस्तो नहोला” भनेका थिए ।
हामीले त्यसपछि प्रधानमन्त्रीले फ्लस गरी पानी पठाएको ठाउमा पुगेर हेरेका थियौ त्यहावाट पानी स–सानो खोल्सो जत्रो कृतिम निर्माण भएको आधुनिक खोल्सोवाट सुन्दरीजलको खोल्सामा पाठाइएको देख्यौ त्यो फोटोमा पनि हेर्न सकिन्छ । यो योजना २८ बार्ष अगाडी शुरु भएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलिको समयमा काठमाडौ उपत्यकाका मानिसले पानी प्रयोग गर्ने अवसर पाए भने यो जतिको राम्रो काम सायदै अहिलेसम्म अरु नहोलान् ।

यो हप्ता दुईवटा राम्रा कामको शुरुवात
प्रधानमन्त्रीवाट सुनकोशी–मरिन डाईभर्सन बहुउदेश्यीय आयोजनको शिलान्यास
मेलम्ची खानेपानीको फ्लस खोलेर प्रधानमन्त्रीवाट उद्घाटन
नेपाल बिकास भएन । हुदैन भन्ने एक खालका निरासावादी सोच राखेर गफ लगाउदै बस्नेहरुका लागि ए अव नेपालमा पनि बिकासका बाटाहरु खुलेछन् भन्ने सकेत गर्नेगरी यो हप्ता दुइवटा राम्रा काम देशकै कार्यकारी प्रमुखवाट सिलान्यास र उद्घाटन भएको छ ।
हुनत नेपालमा यि बहुउदेश्य आयोजनाहरु अहिले भरखरै तय गरेका आयोजना होईनन् । धेरै अगाडी चर्चा, अध्ययन गरिएका आयोजनाहरु हुन् । मेलम्ची शुरु भएकै बर्षवाट २८ बर्षपछि सम्पन्न हुदैछ ।
अर्को सुनकोशी–मरिन डाईभर्सन बहुउदेश्यीय आयोजना शुरु भएको छ । यो बहुदेश्यीय आयोजना खुरकोटबाट १३ किलोमिटर शुरुङ खनेर सुनकोशीलाई डाईभर्ट गरी १ लाख ५० हजार बिगा क्षेत्रफलमा खेतीयोग्य जमिनमा सिचाई गर्नुको सार्थ ३१ मेगावाट जलबिधुत उत्पादन गर्ने रहेको छ ।
यि राम्रा काम हुन् । यस्ता राम्रा काम गर्ने प्रेरेणा नेपालका सरकार चलाउनेहरुमा सधै मिलिराखोस् ।
२०७७ फगुन २५ गते जनअकाश साप्ताहिकमा प्रकाशित मुख्य समाचार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend