जन आकाश
अहिले भरखरै सर्वोत्तम सिमेन्टको आई पिओ खोल्ने र उक्त आईपिओको मूल्य ७५० रहने भनेर समाचार आई रहेका छन् । यसको बारेमा कुनै पनि आर्थिक क्षेत्रका विज्ञहरूले आम नागरिकलाई जानकारी गराएका छैनन् ।
नेपालमा मुठ्ठीभर मानिसहरूले मात्र व्यवसाय, राजनीति, गर्छन् भन्ने आरोप लागिरहने देशमा आर्थिक क्षेत्रमा सामान्यभन्दा सामान्य मानिसहरूको पहुँच पु¥याउने लक्ष्य राख्नुपर्ने आजको युगमा ठुला र प्रतिष्ठित भनिएका कम्पनीहरूको नाममा ठुलाले काम गर्ने बित्तिकै बुक बिल्डिङ पुरा गरेको नाममा मुठ्ठीभर मानिसहरूको हातमा अर्थतन्त्र रहने गरी काम हुन लागेको अर्थतन्त्रको ज्ञान भएका केही मानिसहरूले बुक बिल्डिङको विरोध गरेका छन् ।
के हो बुक बिल्डिङ
नेपाल धितो पत्र बोर्ड ९सेबोन० ले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ निष्कासनका लागि कम्पनी लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन भएको हुनुपर्छ ।
साथै उक्त विधिबाट आइपिओ निष्कासन गर्न साधारण सभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । यी सबै मापदण्ड पूरा गरेर मात्र कम्पनीले बुक बिल्डिङ प्रणालीबाट आइपिओ निष्कासन गर्न सक्नेछ ।
सबै कम्पनीले यस्तो मापदण्ड पूरा गर्न सक्दैनन् । मापदण्ड पूरा गर्न नसक्ने कम्पनीले रु। १०० मै आइपिओ निष्कासन गर्छन् ।
बुक बिल्डिङ विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्तालाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ ।
यसरी शेयर लिने संस्थागत लगानीकर्ताले आइपिओ निष्कासन गरेको ६ महिनासम्म त्यो कम्पनीको शेयर खरिद विक्री गर्न पाउने छैनन् ।
यो विधि अन्तर्गत लिलामीमा भाग लिन धितो पत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचीकृत सङ्घसंस्था, सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र मान्यताप्राप्त अवकाश कोष मात्र योग्य हुनेछन् ।
बुक बिल्डिङ प्रणाली लागू भएपछि धितो पत्र बजारमा उत्पादनमूलक क्षेत्रका स उच्च नाफा भइरहेका कम्पनीलाई शेयर बजारमा आउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।तर उत्पादन मूलक क्षेत्रमा त्यस्ता कम्पनी आएनन् र उनीहरूको नियत कागज मिलाएर मात्र मापदण्ड पु¥याउने चलखेलमा लागे भने त्यसको परिणाम उल्टो हुने कुरालाई नकार्न सकिँदैन ।
धितो पत्र बोर्डको मापदण्ड उल्लेख गरिएको भए पनि मूल्य धेरै राखेर नागरिकहरवाट ठुला कम्पनीले ठुलो परिणाममा शेयर कलेक्सन गरी ती कम्पनी नै बन्द गरेर भागेको खण्डमा नेपालका लगानीकर्ताको लगानी जोखिममा पर्ने देखिन्छ । यो भन्दा अगाडी पनि नेपालमा भारत वाट आएका भारतीयहरूले कम्पनी स्थापना गरेर कम्पनी ठुलो देखाई बैकहरूबाट ठुलो परिणाममा ऋण लिएका र नतिरी भागेका उदारण छन् ।
त्यस्तै ठुला भनिएका मापदण्ड पु¥याएर नीतिगत रूपमा नै देखादेखी ठुलो परिणाममा फण्ड कलेक्सन गर्न ठुला कम्पनीको लागि बनेको बुक बिल्डिङ अन्र्तगतका शेयर नेपालीहरूको लागि बोकाको मुखमा कुभिन्डो नबनोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend