logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गजल


  • जन आकाश
  • बुधबार, फाल्गुन २६ २०७७

दुई हात जोडी नमस्कार सबैमा
पठाएँ खुशीको बहार सबैमा
मसँग छ यही र यही पठाएँ
मुस्कान मेरो उपहार सबैमा
केवल एउटै छ चाहाना मेरो
म बाडूँ र पाऊँ यही प्यार सबैमा
जो जो मलाई जस्तो देख्नु हुन्छ
भएकीछु ज्यादै आभार सबैमा
नपरोस् छान्न न तेरो न मेरो
सकूँ गर्न एउटै व्यवहार सबैमा



तिला लेकाली
बेलबारी,मोरङ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend