logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महेन्द्र पराजुली द्वारा लिखित आखीझ्यालबाट नेपालको राजनीति नामक पुस्तकको लोकार्पण


  • जन आकाश
  • बुधबार, फाल्गुन २६ २०७७

काठमाडौं । ईन्जिनियर महेन्द्र पराजुली द्वारा आखीझ्यालबाट नेपालको राजनीति नामक पुस्तकको लोकार्पण सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता महामन्त्री डा. शशांक कोइराला,नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, एवम् पुर्व मन्त्री गगन कुमार थापा,नेकपा एमालेका नेता पुर्व मन्त्री माननीय योगेश भट्टराई,प्राध्यापक डा.कृष्ण खनाल,डा.सुरेन्द्र केसी,पुर्व सभामुख एवम् कानुनबिद दमननाथ ढुंगाना लागएत थुप्रै विशिष्ट व्यक्तित्व एवम् राजनीतिज्ञहरुको उपस्थितिमा लोकार्पण भएको हो ।



ईन्जिनियर पराजुलीले नेपालमा प्रजातन्त्रको स्थापना कालदेखि हाल सम्मको राजनीतिक विषय वस्तुलाई विभिन्न कोण र आखीझ्यालबाट
नेपालको राजनीति नामक पुस्तकमा समाबेश गरेका छन्। लोकतन्त्रकै उपहास २०७४ प्रकाशनसंगै समय,घटना र संन्दर्भका सफल बिश्लेषक पराजुलीले जिवनको अधिक समय निजामती सेवाको प्राबिधिक क्षेत्रमा बिताएका छन्। उनले पुस्तक मात्र लेखेका छैनन् जय आमा नेपाल र लजालु मुस्कान नामक गीति एल्बमहरु पनि त्यतिकै चर्चित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend