जन आकाश
जन आकाश साहित्य विधा
२०७७ । ११ । २८ गते शुक्रबार पनौती काभ्रेको ज्ञान विकास सामुदायिक पुस्तकालय भवनको हलमा अक्षर मार्गका अध्यक्ष सूर्य लाकोजूको सभापतित्वमा र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको प्रमुख आतिथ्यमा भव्य मुक्तक वाचन कार्यक्रम सम्पन्न भएकोे छ ।
उक्त कार्यक्रम पनौतीकै अक्षर मार्गले सिर्जनालयको पाँचौँ शृङ्खला अन्तरगत गरेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले मुक्तक वाचन गरी गर्नु भएको थियो । स्वागत मन्तव्य चाहिँ तयुकाजी ताम्राकारले राख्नुभएको थियो । सो कार्यक्रममा घुम्ती मुक्तक टोलीलाई स्वागत गरिनुका साथै मुक्तक वाचन र दुई नारी स्रष्टा सुभद्रा दाहाल र लक्ष्मी बडाललाई सम्मान गरिएको थियो ।
घुम्ती मुक्तक टोलीका तर्फबाट विजयध्वज थापा, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, दुर्गाकिरण तिवारी, भुवन सिवाकोटी चौघरे, विमला अधिकारी देवकोटा, विध्या भण्डारी, लब खड्का, तारा के.सी, प्रकाश सुवेदी, शारदा घिमिरे भैल र स्थानिय तर्फबाट सूर्य लाकोजू, तयुकाजी ताम्राकार, रामसुन्दर देउजा, परशुराम अधिकारी, प्रदीप सापकोटा, घायल योद्धा नवराज, जयदेव श्रेष्ठ, कृष्णकुमार बैद्य, हरिप्रसाद चौलागाईँ, मीरा पौडेल, ललिता अधिकारी, सिद्धीलाल कर्माचार्य, गीता दाहाल लगायत करिव दुई दर्जन भन्दा बढी मुक्तककारहरूले आफ्ना मुक्तक वाचन गरेका थिए ।
कार्यक्रमलाई आकर्षण भर्दै गीता दाहालले सञ्चालन गर्नुभएको थियो । अतिथिहरूमा तारा के.सी.(अध्यक्ष कला संस्कृति विचार मञ्च) रामसुन्दर देउजा(अध्यक्ष पनौती साहित्य मञ्च) र ओत बहादुर खड्का हुनुहुन्थ्यो ।
घुम्ती मुक्तक टोलीसँग सहकार्य गरी यति मनमोहक कार्यक्रम गर्नुभएकोमा उपाध्यक्ष द्वय रविन्द्र आशिष शैली र दुर्गाकिरण तिवारीले आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend