logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौँ उपत्यकामा पानी छिटो ल्याउने वातावरण बनाऊ 


  • जन आकाश
  • मंगलबार, चैत्र ३ २०७७

उपत्यकामा सुख्खा मौसम सँगै खानेपानीको अभाव हुन थालेको छ । उता मेलम्चीको पानी सुन्दरी जलको सञ्चित केन्द्रमा आई पुगेको भए पनि नयाँ पाइपबाट वितरण गर्न प्राविधिक काम वाकी भएको मेलम्ची खानेपानी आयोजनाले बताउँदै आएको छ ।



मेलम्ची – सुन्दरी जल सुरुङ निर्माण कार्य सम्पन्न भएर प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उद्घाटन गरिसकिएको मेलम्चीको पानी आउन वैशाखसम्म नै कुर्नुपर्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउँदै आएका छन् । यसरी वैशाख कटेपछि जेठमा त नेपालका भूमिगत पानीहरूको स्रोत थपिने र मानिसहरूले पानीको विषयलाई लिएर ध्यान त्यता पार्टी नजाने र पुनः विलम्ब गर्न मेलम्ची ढिलो गराउन भूमिका खेल्ने संयन्त्रको चलखेल अर्को बढ्ने देखिन्छ ।

यसै गरी विगतमा मेलम्ची ढिलो गराइएको थियो । त्यस्तो हुन दिनु हुँदैन ।त्यस्तो हुन नदिन  सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्छ पहिलोमा दोस्रोमा निर्माण कम्पनीको काम गराई र समयमा सम्पन्न गराउन सरकारले अनुगमन तीव्र पार्नुपर्छ  । तेस्रोमा नेपालका मूलधारका सञ्चार माध्यमहरूले पनि निरन्तर खवदारी गर्नुपर्छ । जसले विगतमा जस्तो अनावश्यक बहानामा समय  थप्ने लागत बढाउने र बिचौलियाहरूले चलखेल गर्ने वातावरण नबनोस् ।

पानी भनेको अत्यन्तै संवेदनशील विषय हो । यो प्रत्येक मानवसँग जोडिएको विषय र प्रणीहरुलाई समेत नभई नहुने अति आवश्यक तत्त्व हो । विश्व स्वास्थ्य सङ्गठनले निकालेको तथ्य हेर्ने हो भने प्रत्येक एक जना मानिसलाई दैनिक ५० देखि १०० लिटर पानीको आवश्यकता पर्छ  । तर नेपालको राजधानी काठमाडौँ उपत्यकाका मानिसहरूले सरदर २० लिटर पनि पानी पाउन मुस्किल परेको छ । यो सबैको तुलना गरेर निकालिएको डाटा भए पनि यो समस्या विपन्न परिवारमा धेरै पानीको अभाव हुने गरेको छ ।

आर्थिक रूपमा सम्पन्न भएकाहरूले त विभिन्न माध्यम जस्तै टंङकरहरुवाट मगाएर पनि सुविधा लिइरहेका छन् । आर्थिक रूपमा कमजोर मानिसहरूले भने ७ दिन १० दिनमा एक पटक धारामा आउने पानीको भर पर्नुपर्छ भने कतै ढुङगेधारामा पानी आउने ठाउँमा घण्टौँ लाइन कुरेर पानी ल्याउनु पर्छ ।

पानीको अभाव एकातिर गरिबी अर्कोतिर हुँदा काम नगरी माम नहुने माम हुँदा पानी नहुने ती विपन्न परिवारको अत्यासलाग्दो पीडालाई मानवीय संवेदनशीलतालाई सम्झेर नेपालका असल भावना राख्नेहरू सबैले मेलम्चीको पानी छिटो ल्याउन सघाउनु पर्छ ।

यो मानवीय कत्व्य हो । मेलम्चीको पानी सुन्दरी जल खोलमा मिसिएर गएको छ । त्यो पानीलाई तत्कालै सुन्दरी जलमा मेलम्ची खानेपानीको नयाँ पाइपबाट वितरण गर्न समय लागेमा तत्कालै सुनदरीजलको खानेपानीको पाइपबाट भरी पानी आई नराखेको अवस्था छ । त्यो खोलामा खेर पठाइएको पानी सुन्दरी जलको पुरानो टङ्कीमा जम्मा गरेर पटाउँदा पनि धेरै नै राहात हुन्थ्यो होला ।

ती बिकल्प हुँदाहुँदै पनि सबैभन्दा जोड नयाँ अवस्था वाट जतिसक्दो चाँडो मेलम्चीको पानी उपत्यकामा ल्याउनु पर्ने टड्कारो आवश्यकता हो । यो पानीसँग जोडिएको विषयलाई खेलबाड कतै वाट नहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend