जन आकाश
काठमाडौँ । नेकपा (माले) पार्टीको यही फागुन २७–चैत्र १ गते सम्म चलेको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । उक्त बैठकले गरेका निर्णयहरू पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता कुमार वेलवासेलले जानकारी गराएका हुन् ।
पार्टीका महासचिव वाट प्रस्तुत गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरूलाई छलफलमा ल्याइ केही थपघट गरेर पारित गरेको पनि वेलवासेले जानकारी दिएका हुन् । नेपालमा राष्ट्रियता र प्रजातन्त्र प्राप्ति आजको आवश्यकता भएको भनी केन्द्रीय कमिटीमा महासचिव सिपी मैनालीले राखेका राष्ट्रिय स्तरका २१ वुदा र अन्तरष्ट्रियस्तरका ६ वुदे प्रस्ताव पारित गरेको स्थायी कमिटी सदस्य वेलवासेले जानकारी दिए ।
नेपालका कम्युनिष्ट भनिएका नेकपा–नेकपा नामका पूर्व एमाले र पूर्व माओवादी पार्टीले विदेशी शक्तिको आडमा काम गरेको हुनाले देशलाई निकास दिन सकेनन् राष्ट्रियता माथि भइरहेको भारतीयले नेपालका भूमि समेटेर ब्यास क्षेत्र कालापानी, लिपुलेक, लिम्पियाधुरा यथाशक्य चाँडो फिर्ता गर्नुपर्ने त्यसको लागि राष्ट्रिय मुक्ति आन्दोलन आवश्यक पर्ने त्यसको गुदी कुरा जनतालाई जानकारी गराउन सातै प्रदेशमा महासचिव मैनालीले जनसभालाई सम्बोधन गर्ने गरी व्यवस्था मिलाउन पनि बैठकले निर्णय गरेको बेलवासेले जानकारी गराएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend