logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन (२०२१ साथै नेपाली सेफ अवार्ड हुने


  • जन आकाश
  • शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेपालिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन (२०२१ साथै नेपालि सेफ अवार्ड हुने भएको छ।



कार्यक्रम यहि २२ मार्च २०२१ (चैत्र ९ गते) अलफ्ट होटल काठमाडौ को प्रयोजनमा सेन्चुरी मसला संगको सहकार्यमा काठमाण्डौ को पाँच तारे होटलमा हुन गइरहेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो ।

कम्पिटिशनहरु बाट नै नेपाली खानाको विकाश र विस्तार र नेपाली खानालाई स्तरिय बनाउन सहयोग पुग्ने आयोजक सेफ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्ने त्रममा बताएका हुन् ।

विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्य किरण श्रेष्ठले कम्पिटिशनका विविध विधाका वारेमा जानकारी गराएका थिए ।
प्रतिस्प्रदामा नितान्त नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । ७÷८ जनाले मात्र प्रतिस्पर्धामा भाग लिन पाउने छन जो अनलाइन बाट छनोट गरिनेछ । यस प्रतिस्पर्धामा पहिलो हुनलेलाई रु ५००००,दोस्रो हुनेलाई रू ३०००० र तेस्रो हुनेलाई रू २०००० दिईने पनि कार्यत्रममा बताईएको थिायो ।

जजको रुपमा बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फ्ट होटलका जिएम बिक्रम सिंघ रहेको जानकारी गराएको थियो ।
कम्पिटिसन र अवार्ड लाई सेन्चुरि मसाला,बाबा तेल,अउरा हाइजिन,टुरिजम बोर्ड, गेट कलेज,रिट्ज कलेज,आइसिएचएम कलेज , मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न संस्था हरुले साथ दिएको अध्यक्षद्वय भान्से लक्षमन भण्डारी ले जानकारी गराएका थिए ।

बिदेशी पाँच तारे होटलहरुले पनि नेपाली खानालाई बिकास गरेर लैजानु पर्छ भन्ने मान्यता लाई आत्मसाथ गरेर यो कार्यक्रम को आयोजना गरेको अलफ्ट होटल काठमाडौ का जनरल मेनेजर बिक्रम सिंघले बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend