logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गीत, तिम्रो काखमा जन्मे आमा


  • जन आकाश
  • आइतबार, चैत्र ८ २०७७

 



तिम्रो काख जन्मे आमा ,मर्छु यहीँ माटोमा
अमुल्य यो चोला दियौ खै के दिएँ साटोमा

जतासुकै जाऊ आमा तिम्रै मात्र सुन्छु चर्चा
गर्ब गर्छु आफुलाई मन भित्र हुन्छ हर्ष
तिम्रो लागि बिश्वास त्यो रोप्छु गर्हा पाटोमा
अमुल्य यो चोला दियौं खै के दिएँ साटोमा।

स्वाभामानी नेपाली हौ हेप्ने छैनन् पराईले
उस्तै खुशी दिन्छ यहाँ लेक बेशी तराईले
नेपालीको सान देख्छु मैले हिड्ने बाटोमा
अमुल्य यो चोला दियौ खै के दिएँ साटोमा।

तिम्रो काख जन्मे आमा ,मर्छु यहीँ माटोमा
अमुल्य यो चोला दियौ खै के दिएँ साटोमा
रचनाकार
बिमला अधिकारी देवकोटा
भरतपुर चितवन १

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend