logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तकहरु


  • जन आकाश
  • आइतबार, चैत्र ८ २०७७

 



 

 


पीडा दिएर अरुलाई जो हाँस्छ भने
भाँचेर खुट्टा अरुको जो नाच्छ भने
बोझ हुन धर्तीका यस्ता मान्छेहरु
मारि जिउदै अरुलाई जो बाच्छ भने,

परेलिमा उ चढछ कहिले
नजरलाई उ पढछ कहिले
आउने जाने गररै त होला
धडकन यो बढछ कहिले,

जस्लाई मैले आफ्नै ठाने
उस्ले मलाई अर्कै माने
माछा छाडि आफ्नै हातले
उल्टो उस्ले भ्यागुता छाने,

रविन्द्र आशिष् शैली
कोटेश्वर,

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend