logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

वरिष्ठ सेफ आर.बि.बुढाथोकी सम्मानित


  • जन आकाश
  • मंगलबार, चैत्र १० २०७७

काठमाडौ । सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो बर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत सम्मानित हुनु भएका छन ।



ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरना महामारीका कारण २०२० मा हुन सकेको थिएन । मिति २०७७/१२/९ गते भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य भरका र नेपाल बाहिरका सयौ नेपाली सेफहरुको प्रतिस्पर्धामा भाग लिएका  थिए ।

बिबिस मास्टर सेफका रनर अप सेफ सन्तोष शाहको बिशेष उपस्थितमा कुलिनरी कम्पिटिसन कार्यक्रम पनि आयोजना गरिएको थियो । ठमेलको अलफ्ट होटलमा उपस्थित सम्पूर्ण जुनियर र सिनियर सम्पूर्ण सेफहरुले खुलेर बुढाथोकीको प्रसमसा भएको थियो।

बुढाथोकीले सन २००२ बाट किचनमा आफ्नो करिएर शुरु गर्नु भएको थियो र स्वदेशी तथा बिदेशी गरी दर्जनौ पाचतारे होटलमा एक जिम्मेवार पदमा रहेर काम गरीरहेका छन ।

बिगत ४ बर्षदेखी सोल्टी क्राउन प्लाजा होटलमा सुसेफको रुपमा काम गारेका बुढाथोकी त्रिसरा,अरिकल इभेन्टमा र ब्रिक्समा  कर्पोरेट सेफका रुपमा कार्य गरिरहेका   छन ।

फुर्सतको समयलाई सदुउपयोग गर्दै सन्तुलित आहार बिषयमा कलम चलाऊदै आएका बुढाथोकीका कुक बुक पाच पुस्तक प्रकाशउन्पुख छन ।

नेपालका सरकारी होटल म्यनेजमेन्टका कलेजमा जापानिज पाककलाका प्रशिक्षक समेत रहेका  बुढाथोकी बिभिन्न पत्र पत्रीका तथा अनलाइनमा दैनिक र साप्ताहिक रुपमा पाककला र सन्तुलित आहारका बिषयमा लेख्दै आएका छन ।

को हुन बुढाथोकी
रामेछाप जिल्लाको साबिक खाडदेबी गाउ पालिका वार्ड न ६ मा पिता लाल बहादुर बुढाथोकी र माता पम्फा देबी बुढाथोकीको कोखबाट बि स २०३५ साल चैत्र १२ गते जन्मेका  बुढाथोकीको बाल्यकाल दु:खद थियो ।

सानै उमेरमा आमाको स्वर्गबासका कारण बुवा र दाजु भाईको रहोबरमा हुर्केका र घरमा चार दाजु भाई सबै सेफ पेशामा भएका कारण पत्रकारीता पढ्दा पढढै होटल मेनेजमेन्टमा डिप्लोमा गरेर सन २००२ मा सेफ पेशामा होमिएका थिए ।

बिदेशी भुमिमा धेरै समय बिताएर नेपाल फर्केका उनले नेपाली खानाको उत्थान र बिकासका लागि निरन्तर खोज तथा अनुसन्धान गरीरहेका छन ।

नेपाली खानालाई बिस्वसामु चिनाउन हाम्रो खानामा धेरै गृह कार्य गर्नु पर्छ भनी लागि परेका छन । १९ बर्षको बिदेशी तथा स्वदेशी भुमिमा काम गर्दाको अनुभबलाई संघालेर भाबी नेपाली सेफहरुलाई पनि नेपाली खानाको समय मै उचित शिक्षा दिन जरुरी सम्झेर दिनानु दिन सिप रुपान्त्रण गर्ने कार्यमा लागि परेको उनलाइ चिन्ने जानकारहरु बताउछन् ।

हाम्रो कुजिन र कल्चर साथ साथ लानु पर्ने भन्ने कुरामा बिगत लामो समय देखि आबाज उठाउदै आएका  छन। होटल ब्यबस्थापन बिषयमा कलेज तथा इन्च्युटहरु प्रसस्त खुलेका तर स्तरीय जनशक्ती उत्पादन हुन नसकेका कारण दु:ख द भएको उनका लेखहरुमा पाइन्छ  ।

होटल ब्यबस्थापनको जर्नल बिषयमा मास्टर गरी रहेका बुढाथोकीले कार्याक्रम पछि कुरा गर्दै भने  “भोलिका दिनमा यसै बिषयमा कलम चलाई रहने छु र नेपालको होटल ब्यवस्थापनको गरिमा अन्तरास्ट्रिय स्तरमा चिनाउन, पुर्याउन मेरो उदेश्य रहेको छ।”

रामेछापका बुढाथोकीलाई  हाम्रो पनि बधाई ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend