जन आकाश
आसन्न नजिकिँदै गएको पत्रकार महासङ्घको निर्वाचनमा स्वतन्त्र पत्रकारिताको कुरा गरेर पार्टीको झन्डा बोक्नेहरूको लर्को निक्कै ठुलो देखिन्छ ।
उनीहरूको उद्देश्य पत्रकारहरूको हितमा काम गर्नुभन्दा पार्टीको काम सञ्चार माध्यम वाट अगाडी बढाउने नै हुँदै आएको छ ।
तर उनीहरूले स्वतन्त्र पत्रकारिताको कुरा भने गर्ने गरेका छन् । उनीहरूको भनाई र गराइ मिल्दैन । किनकि पार्टीको हाँगो संगठनको रुपमा रहेको प्रेस संगठन, प्रेस युनियन, प्रेस चौतारी जस्ता नामहरूले पार्टीमा आबद्ध पत्रकारहरूको संगठनको प्रतिनिधित्व गर्छन् । तिनै ब्याक्तिहरु यति वेला पत्रकार महासङ्घको निर्वाचनमा भाग लिन लागेका देखिन्छन् ।
यिनै पार्टीमा आबद्ध संगठनहरुको सिको गदै साना ठुला भनिएका पार्टीले पनि भागबन्डा खोजेर निर्वाचनमा भाग लिँदै छन् । सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरू निर्वाचनमा भाग लिनेको संख्या थोरै मात्र देखिन्छ ।
त्यस कारण नेपाल पत्रकार माहासंघको यो निर्वाचनमा पार्टी पत्रकारिता नै हाबी हुने सम्भावना बढी छ ।
यस्ता पार्टी पत्रकारिता गर्ने चरित्रलाई परास्त गर्न स्वतन्त्र पूर्वक काम गरिरहेका पत्रकारहरूले आफ्नो अमूल्य मतको प्रयोग गरी स्वतन्त्र पत्रकारहरूको पक्षमा मतदान गर्नुपर्छ ।
स्वतन्त्र पत्र कारितको अभ्यास सुरु गरौँ ।
जो जो सक्रिय पत्रकारितामा आबद्ध छन् । ती ब्याक्तिहरुले मात्र उम्मेद्धारी उठ्ने ब्यवस्था गर्नुपर्छ । पार्टीको पत्रकारलाई जिताउन गरिने चलखेल र कहिल्यै नाम नसुनेको कुनै पत्रपत्रिका नै नदेखेको तर पत्रकार महासङ्घको सदस्य भएको ब्याक्तिहरुलाई समेत विगतमा पार्टीको आबद्ध भएका संगठनले उम्मेद्धार उठाएर जिताएको भन्ने कतिपय स्वतन्त्र पत्रकारिता गदै आएका पत्रकारहरूले आरोप लगाउँदै आएका छन् ।
यो पटकको महासङ्घको निर्वाचनमा त्यस्तो कार्य हुन नदिईकन जुन जुन पार्टीको आस्था राखे पनि पत्रकार महासंघ भित्र चैँ कुनै गुट पार्टी नहेरी भेदभाव नगरी काम गर्न सक्ने पत्रकारिता क्षेत्रमा काम गरिरहेको लामो अनुभव भएको ब्याक्तिलाई मात्र निर्वाचनमा मतदान गरेर जिताउनु पर्छ । स्वतन्त्र पत्रकारिता भनेको के हो भन्ने विषयमा अभ्यास पनि थाल्नुपर्छ । त्यो अभ्यासले आउँदा दिनमा स्वतन्त्र पत्रकारहरूको संरक्षण गर्ने र उनीहरूको पेसा, व्यवसाय सुरक्षित हुने वातावरण बनाउन मदत गर्छ । यसको थालनी यो महाधिवेशमै हुनुपर्छ र अहिले स्वतन्त्र पत्रकारिता गर्ने पक्ष थोरै भए पनि आउँदा दिनमा सत्य कहिल्यै हराउँदैन भने जस्तै पत्रकारिता क्षेत्रमा काम गरिरहेकाहरू त कहिल्यै हराउँदैनन् ।
त्यस कारण पार्टी पत्र कारितको अन्त्य गर्न अरूले होइन पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारहरूले नै अन्त्य गराउने हो । यो अभियानमा पार्टीको हाँगो संगठनको रुपमा देखिएका तर स्वतन्त्र पत्र कारितको वकालत गदै आएका र स्वतन्त्र भएर स्वतन्त्रता कै आवाज उठाउँदै आएका पत्रकारहरूको आवाज एउटै हुनुपर्छ । यसो गर्न सकियो भने पार्टी पत्रकारिताको अन्त्य गर्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend