जन आकाश
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको दलको नेतालाई भिटो प्रयोग गर्न पाउने अधिकार पछिल्लो पटक बसेको एमालेको बैठकले यस्तो अधिकार व्यवस्था गरेको हो ।
उक्त बिधानलाई केन्द्रीय कमिटी बैठकले पारित गरेसँगै नयाँ विधान लागू भएको थियो । अब दलका नेताले चाहेको बेला बाधा अड्काउ फुकाउने र कुनै पनि बेला सांसदलाई निलम्बन गर्न सक्ने व्यवस्था थपिएको छ । यो बिधान आकर्षित भएमा नेकपा(एमाले)वाट निर्वार्चित भएका र हाल माझ समुहमा लागेका संसदहरुलाई यो बिधानले हटाउन सक्ने छ ।
उक्त संशोधित दलको विधानले भनेको छ । कारबाहीका नियमित प्रक्रिया पूरा नगरी दलका नेताले तल्काल ६ महिनाका लागि दलको सदस्यताबाट निलम्बन गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।
पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महसुस दलका नेताले गरेमा मात्रै पनि त्यस्तो कारबाही गर्न सक्ने छन्। संसदीय दलको विधानको दफा २५को उपदफा ६ मा भनिएको छ, ‘पर्खिएर कारबाहीको नियमित प्रक्रियातर्फ जाँदा तत्काल पार्टी वा संसदीय दललाई ठूलो हानी हुने अवस्था महसुस भएमा दलको नेताले कुनै पनि सदस्यलाई ६ महिनामा नबढ्ने गरी तत्काल दलको सदस्यताबाट निलम्बन गर्न सक्नेछ ।’
दलको नेताले गरेको त्यस्तो कारबाहीको निर्णय संसदीय बोर्ड वा संसदीय दलको बैठकबाट भने अनुमोदन गर्नुपर्ने छ। विधानमा भनिएको छ( ‘तर दलको नेताको यस्तो निर्णय त्यसपछि बस्ने बोर्ड वा संसदीय दलको बैठक जुन पहिला बस्छ, त्यसमा अनुमोदनका लागि पेश गर्नु पर्नेछ।’
विधानमा अनुशासनको कारबाही र सजायका नियमित प्रक्रिया पनि तोकिएको छ। दफा २५ कै उपदफा २, ३, ४ र ५ मा प्रक्रियाहरू उल्लेख गरिएको छ। जसमा कारबाही अघि स्पष्टीरकण सोध्नुपर्ने, सफाइ पेश गर्न मनासिव मौका दिनुपर्ने र प्रकृति हेरी सजाय तोक्नुपर्ने उल्लेख छ । र, त्यस्तो कारबाही संसदीय बोर्डमार्फत् हुनुपर्ने विधानमा व्यवस्था छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend