logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पुस्तकचर्चा


  • जन आकाश
  • आइतबार, चैत्र १५ २०७७

 



 

पुस्तकचर्चा,तेज प्रकाश बानियाको कलमवाट
घायलको “लाजको आग्लो”तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ्ग, काठमाडौं, निवासी प्रकाश घायल नेपाली साहित्यको क्षितिजमा ४० को दशकतिरै कविको परिचयको राम्रो छविका साथ स्थापित भैसकेको नाम हो । उहाँ कागीत, गजल, कविता, मुक्तक,फुटकर लेख आदि राट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित भइरहेका थिए । तर जिन्दगिको हरेक मोडमा आई पर्ने आरोह अवरोह, वा घरायसी आदि कार्यले घायल परेर हुनसक्छ, झण्डै करीब डेड दशक यस क्षेत्रबाट विस्तापित सरह नै हुनु भयो । हालआएर पुन अक्षरको खेतीलाई मलजल गरी “लाजको आग्लो” नामक मुक्तक सङ्ग्रह लिएर देखापर्नु भएको छ । नारी स्रष्टा समाज, विराटनगरद्वारा प्रकाशनमा ल्याएको यो कितावमा जम्मा १७१ गोटा मुक्तकहरू सङ्ग्रहित छन् ।

मुक्तकहरू एक से एक चोटिला छन् । सबै मुक्तक शास्त्रीय मान्यता र मर्म अनुसार रचना गरिएका छन् । कुनै एउटा मुक्तक छैन जसमा प्रहार कमहोस् । म आपूm पनि पूर्व सैनिक भएको र सैनिक भाषामा भत्रुपर्दा एक गोली एक दुष्मन भत्रे चलन छ । भनाइको मतलव, फायर गरेका गोली एउटा पनि खेर नजाओस्, ट्वाक्क निसानामा लागोस् भनिएको हो । त्यस्तै उहाँका मुक्तकहरू अचूक निसानामा प्रहार भएका छन्् । सङ्ग्रहित १७१ मुक्तकहरूलाई शृङ्गारमा ९० देश र समाजमा ३४ तथा राजनीतिमा २७ गरी तीन शीर्षकमा विभाजन गरिएको छ । आजको जवाना भनेको समयको जवाना हो । पाठकहरू अत्यन्त व्यस्त छन्, भत्रे वास्तविकतालाई लेखकले राम्ररी बुझ्नु भएको छ ।
यिनै वाध्यता समेतलाई मनन गरी मुक्तकको थुप्रो लगाएर पुुस्तकको आकार बढाउनु भन्दा‘थोरै खानु मीठो खानु’भनाई अनुसार महत्वपूर्ण अर्थ बोकेका वजनदार मुक्तकहरू मात्र समावेश गर्नु उपउुक्त ठात्रु भएको छ । यतिखेर मलाई नेपाली साहित्याका तारा दार्जीलिङका साहित्यकार स्व. पारसमणी प्रधानको भनाई याद आयो । त्यसलाई यहाँ उद्धृत गर्न उपयुक्त ठान्दछु । पारसमणी भत्रुहुन्छु “कवि कविता होस,कविता कवि होस् कविता तव पो हुन्छ शब्द थुपारी कन के हुन्छ ?

भाव भएपो हुन्छ ।”घायलका मुक्तक शास्त्रीय मान्यता र नियमको पालना सहित लेखिएका छन् । शास्त्रीय मान्यता र मर्म अनुसार मुक्तकमा हुनुपर्ने भाव विचार, प्रहार, अन्त्य अनुप्रास, मिठास आदि आवश्यक गुण र विशेषतापूर्ण छन् । चार हरफको सीमाभित्र मुक्तकीय भाषामा बृहद् चमत्कारितापूर्ण भावाभि व्यक्त गर्न खपिस हुनुहुन्छ । छोटकरीमा भत्रुपर्दा मुक्तकहरू मसला, नून, पिरो, अमिलो सबै पुगेको ट्वाक्क परेको अचार जस्तो छन् । मान्छे बूढो भएपनि मन बुढो हुदैन भन्थे हो रहेछ, । मान्छे अध वैंसे देखिए पनि घायलका मुक्तकहरू युवा अवस्थाका जोस,जागर,हौसला र रोमान्स पूर्ण छन्।

शृङ्गार रसपूर्ण मुक्तकहरूमा दुख पीडा, प्रेमालापका वखत एक अर्कामा हुने, छटपटी, उत्पीडन, आशा, निराशा, मिलन विछोड,हाँसो खुशी र वेदनाहरू मुक्तकले बोकेका छन् । लेखक, देश र समाजको अवस्था प्रतिपनि त्यत्तिकै चिन्ति तर सजग हुनुुहुन्छ । जनताको पसीनाबाट तिरेको करमा मौलाइरहेको भ्रष्टाचार, रेमिट्यान्स्को दुरुपयोग, रोजगारीको अभावमा श्रम शक्तिको पलायन र बाकसमा प्याक भएर बिदेशबाट दैनिक आउनेको संख्या, नेताको बकम्फुसे भाषण र आस्वासन,नैतीकतालाई दाउमा राखेर देशप्रति गरिने कुकृत्य आदि र जनमतलाई सिँढी मात्र बनाएर बिर्सने देखि सजग रहन जनतालाई सावधान गराउन चाहनुहुन्छ ।

भूकम्प र कोरोनाको कहरमा सरकारको लाचारीपना देखि रुष्ट भएको देखिन्छ । यसैगरी राजनीतिमा एकपछि अर्को गरी भइरहेको खिचातानी, तस्कर र माफियाहरूलाई दलगत संरक्षण, निर्वाचनमा पराजय भोगेकालाई मन्त्रीको पगरी,आफन्तलाई महत्वपूर्ण पदमा नियुक्ति,प्रतिपनि घायल चिन्तित बत्रु भएको छ । कोरोना जस्तो घातक रोगमा जनताले उपचार नपाउने तर नेतालाई रुघाखोकीले छ्यँु आउदा उपचारका लागि परिवार सहित विदेश जाने प्रथाको बिरोध गर्नुहुन्छ । घायल एक ससक्त मुक्तककार हुनुहुन्छ । गीत, कविता, गजल आदि विधामा पनि एकै नासले कलम चलाउने बहुआयामिक प्रतिभाका धनी घायलका मुक्तकहरू उत्कृष्ट छन् । शब्द चयनमा एकाद ठाउँमा क्लीष्ट शब्द पनि परेका छन् । यो लेखकको नितान्त निजी विचार हो । मुक्तक पारखी पाठकहरूका लागि यो पुस्तकले बौद्धिक खुराकको काम गर्छ भन्ने मेरो बुझाई छ । सिकारु हरुका लागि कुसल मार्ग दर्शकको कामदिने भएबाट नातिदेखि हजुरबासम्म सबै उमेरका व्यक्तिहरूका लागी यो पुस्तक पठनीय छ । अन्त्यमा, मुक्तककार घायलको उज्वल साहित्यिक भविश्यको कामना गर्दछु ।

आगामी दिनहरूमा पनि उहाँलाई यस्ता गहकिला कृतिहरू पाठक सामु पस्कन सफलता मिलोस भत्रे शुभेच्छाका साथ आजलाई यत्ति ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend