जन आकाश
काठमाडौ । पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहदै आएको छ ।
अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नकालागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबद्र्धन गर्न मद्दत पु¥याउने संस्था हो । बृद्धबृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले यी दुई संस्था बीचमा मिति २०७७÷१२÷०८ संयुक्त रुपमा काम गर्ने गरी सम्झौता गरेका छन् ।
साझेदारीको मुख्य उद्घेश्य भनेको युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु हो । यसको प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्ने संस्थाको रुपमा परिचित रहेको सम्झौता पत्रमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend