जन आकाश
काठमाडौ । प्रगतिशील युवा संघ नेपालको सुदूर पश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ताहरूको भेला कैलाली, घोडाघोडी नगरपालिकाको दिपनगर गाउँमा सम्पन्न भएको छ । नेकपा (माले) का स्थायी कमिटी सदस्य एवम् वर्गीय तथा जन संगठन मोर्चा प्रमुख कुमार बेलबासेबाट भेलाको उद्घाटन गरी भेलाको औपचारिक कार्यक्रम शुरु भएको थियो ।
भेलालाई स्थाई ममिटी सदस्य कुमार बेलबासे, प्रयुसंघ, नेपालका केन्द्रीय अध्यक्ष दिनेश खाती, प्रयुसंघ, नेपालका केन्द्रीय कोषाध्यक्ष वसन्त पाण्डेले मन्तव्य मार्फत शुभकामना दिएका थिए ।
भूपेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन दिलबहादुर बिष्टले गरेका थिए । परेक रावल केकस , सीता चौधरी विषेश अतिथि तथा अतिथिको रूपमा उपस्थित रहेको भेलामा गएका प्रयुसंघका अध्यक्ष दिनेश खातीले जानकारी गराएका हुन् । भेला पछि सम्पन्न बन्द सत्रले भूपेन्द्र विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय प्रगतिशील युवा संघ, नेपाल सुदूर पश्चिम प्रदेश कमिटीको गठन गर्नुका अतिरिक्त आगामी संघर्ष तथा संगठन सुदृढीकरणका निम्ति विभिन्न निर्णयहरू समेत गरेको जानकारी प्रप्त भएको छ । नवनर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई केन्द्रीय अध्यक्ष दिनेश खातीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
प्रयुसंघ नेकपा(माले) समर्थित युवाहरुको संगठन हो । निस्क्रिय रहेको युवा संघलाई केही महिना अगाडी मात्र सक्रिय गराईएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend