जन आकाश
काठमाडौ । आज र्थी नेशन कपको फाइनल नेपाल र बगलादेश प्रतिस्पर्धा गदैछन् । हजारौ हजारको संख्यामा दर्शक नेपाली दर्शकको हुटिङ सहित नेपालका प्रधानमन्त्री समेत सहभागी हुने फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीको मनोबल उच्च रहने छ । तर खेल हुटिङ र उच्च मनोबलले मात्र पुग्दैन गएका दुई खेलमा गोल गर्न नसकेको नेपालले यो खेलमा टेक्निकल्ली सुधार गरेर गोल गर्नुपर्ने चुनौती छ ।
खेल हेर्न प्रधानमन्त्री रंगशालामा जाने ।
अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री आउने निश्चित भएको जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओली सवा ५ बजेसम्म रंगशाला पुगिसक्ने र खेल अवधिभर रहने जानकारी दिए ।
किर्गिस्तान यू–२३ टिमसमेतको सहभागितामा एन्फाले आयोजना गरेको थ्री नेशन्स कपको फाइनल खेल आज साँभ साढे ५ बजेदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
लिग चरणमा दुई बराबरी खेलेको नेपाल र एक जित तथा एक बराबरी खेलेर बंगलादेशले फाइनलमा स्थान बनाएका थिए ।
नेपाली राष्ट्रिय टोली लिग चरणका दुई खेलमा गोल नगरिकनै फाइनलमा पुगेको हो ।
विश्वकप तथा एसियन कप छनोटको तयारीमा रहेको नेपालले छनोट प्रतियोगिताको पूर्व निर्धारित खेल स्थगित भएपछि एन्फाले थ्री नेशन्स कप आयोजना गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend