logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

र्थी नेशन कप नेपालको पोल्टामा


  • जन आकाश
  • मंगलबार, चैत्र १७ २०७७

काठमाडौं । सिनियर राष्ट्रिय फुटबल टोलीले झन्डै चार दशकपछि घरेलु मैदानमा उपाधि जितेको छ । थ्री नेसन कपअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गर्दै ट्रफी उचालेको हो ।



यसअघि सिनियर टोलीले सन् १९८४ मा दशरथ रंगशालामै भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)को उपाधि जितेको थियो । त्यतिखेर पनि नेपालले बंगलादेशलाई नै पराजित गरेको थियो ।

उपाधि पक्का भएपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरे । ‘हामीले पछिल्लो सय दिन नियमित मिहिनेत गरेका छौँ । खेलाडीहरूले प्रशिक्षकले भनेजस्तै प्रदर्शन गरे । यो जितको श्रेय नेपाली टोलीलाई नै जान्छ,’ उनले भने, ‘उपाधि जित्दा खुसी लागेको छ ।’

दक्षिण एसियाली फुटबलमा परम्परागत प्रतिद्वन्द्वी बंगलादेशसँग नेपालले तीन प्रतियोगिताको फाइनल खेल्दा दुईमा उपाधि जित्न सफल भएको छ । सन् १९९९ मा नेपालमै आयोजना भएको साफको आठौँ संस्करणमा पनि नेपालले फाइनल बंगलादेशसँग खेलेको थियो । यद्यपि, उक्त खेल बंगलादेशले १–० ले जितेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend