logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आन्दोलनलको नाममा अस्थिरताको बिउ नरोपियोस


  • जन आकाश
  • बुधबार, चैत्र १८ २०७७

नेपाल देश अत्ति सुन्दर देश भएर पनि होला धेरै आन्दोलन हुने देशमा गनिएको । नेपालले यस्तै गरी झण्डै एक सताब्दी राजनीतिक अस्थिरतामा बितायो । नेपलीले नेपालीलाई मार्ने मराउने आन्दोलन समेत भएका थिए । भने चौबिसै घण्टा अर्कालाई गाली गर्ने बिरोध गर्ने चलन यो सताब्दीमा नै रहयो तर पनि नेपालीहरु भोक्कै मरेनन् । यस्तै अस्थिरता कुनै देशमा हुन्थ्यो भने धेरै मानिस भोकले र्मथे ।



नेपालमा राजनीतिको नाममा जे जे भए त्यो नेपालीहरुले बिर्सन थालिसकेका छन् ।नेपालमा नयाँ संविधान जारी भइसकेर स्थाइत्व सरकार हुनुपर्छ भन्ने जनताको चाहानाको रुपमा अभिमत आएको थियो । सोही अनुरुप सरकार बनेको हो । तर पछिल्लो समय सरकारमा रहेको पार्टी भित्रको विवाद चरम रुप लिदै गईरहेको छ । त्यसले कहिले आन्दोलनको धुर्की एउटा पक्षले लगाईरहेकै सुनिन्छ । भने कतिपय ठाउमा आन्दोलन गराउने तयारी गरिरहेको पनि देखिन्छ ।

बल्ल बल्ल नेपालका नेपालीहरुले शान्तिको सास फेर्न पाएका छन् । आफ्नै देशमा रोजगार सृर्जना ठुलो परिणाममा नभएपनि शान्तसँग कमाएर खाने वातावरण बनेको छ । नयाँ नयाँ सोच राखेर बिस्तारै पलाउदै गएको नेपालीहरुको खुशीमा सरकारमा रहेका पार्टीका केही नेताहरुले आन्दोलनको कुरा गर्दा र बिरोधका कार्यक्रम गर्ने रे भनेको सुन्दा जनताहरु फेरी त्रसिन थाले का छन् । यस्ता कार्यहरु देशका कार्यकारी प्रमुख भइसकेका जिम्मेवार नेताहरुले गर्ने आन्दोलनले देशलाई अस्थिरतामा लैजाने खेल हो । यसरी सधै देशलाई अस्थिरता बनाई राख्दा नेपालले गर्नुपर्ने प्रगतिहरु केही पनि गर्न सकिदैन भन्ने हेक्का भएका चेतनशील नेतृत्वले बुझनुपर्छ ।

अहिले आन्दोलन गर्ने गराउने पक्षहरु भित्रभित्रै तयारी गरिरहेको हल्ला बजारमा आउदा पत्याउने आधार पनि बन्दै गएको हुनाले त्यस्ता आन्दोलनहरु उठाएर नेपाललाई पुनः अस्थिरतामा नधकेलियोस भनि नागरिकहरुले आवाज उठाउन थालेका छन् । पार्टी संगठन र नेता देश र जनताको लागि भनेर भनिएको हुन्छ । त्यो जनता र देशप्रति समर्पित पार्टी नेता हु भनि प्रमाणित गर्ने हो भने राजनीतिक अस्थिरता होइन जनताको आवश्यकता बुझेर जनतालाई उत्पादनमा जोड्ने योजना ल्याउनु पर्छ । नेपालमा नै रोजगार र्सजना गर्ने वातावरण बनाउनु पर्छ । यस्तो रचनात्मक कार्य गर्ने पार्टी, नेता, हरुलाई मात्र अहिलेका जनताले मन पराउछन् । त्यसकारण आन्दोलनको नाममा देशलाई अस्थिरतामा धकेल्नु हुन्न त्यस्तो नेपाल र नेपालीको पक्षमा कहिल्यै हुदैन ।

नेपाल र नेपालीको पक्षमा हुने रचनात्मक कार्य गरेर जनविश्वास जित्दै काम गर्नु सवै राजनीतिक पार्टीहरुको राजनीतिक दाइत्व पुरा गरुण अस्थिरता तिर नलागुन ।

यदि राजनीतिक पार्टीले त्यस्तो अस्थिरता ल्याउने उद्देश्य राखी काम गर्छन् भने जनतााले त्यस्ता गतिविधि गर्ने राजनीतिक पार्टी र नेताहरुलाई बहिष्कार गरेर जानुपर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend