logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्री केपी ओलिको पार्टीवाट नेता कार्यकर्ता निस्कान गर्ने लाइन बढ्दो


  • जन आकाश
  • बिहिबार, चैत्र १९ २०७७

राजनीतिक टिप्पणी
नेकपा नेकपा नामवाट शुरु भएको एमाले हुन आईपुगेको डढेलो देशमा निक्कै फैलदै गएको छ । कुनैवेला एमाले र एकीकृत माओवादी केन्द्र नामले चिनिएका पार्टीहरु २०७४ सालको निर्वाचनमा तालमेल गरेर निर्वाचनमा भाग लिएका थिए । त्यसपछि २०७५ जेठ ३ गते दुवै पार्टी मर्ज गरेर पार्टीको नाम नेकपा नेकपा राख्ने निर्णय भएको थियो । प्रथम अध्यक्ष केपी ओली दोस्रो अध्यक्ष प्रचण्ड बन्ने सहमति भएको त्यतिवेला तिनै नेताहरुले बताएका थिए ।



त्यसको ३ बार्षको अन्तरालमा नेकपा नेकपा नामको पार्टी भित्रको झगडाले ठुलै रुप लिदै पार्टी बिभाजन हुने सम्मको परिस्थिति बनेको थियो । तर नेकपा नामको पार्टी त्यो भन्दा अगाडी नै दर्ता भईसकेको हुनाले उक्त मुद्दा सर्वोच्च अदातलमा बिचारधिन थियो । जसले गर्दा विवाद गरिरहेको अवस्थावाट पार्टीमा फुट तत्कालै देखिएन । तर त्यो तुसको घैटो भरिएकै थियो । अहिले त्यस्तैे देखियो प्रधानमन्त्री समेत रहेका केपी ओलीले प्रचण्ड तिर लागेका नेता कार्यकर्ताहरुको खाली भएको सिटमा घमाघम संगठन बिस्तार गरेका थिए ।

सर्वोच्चको निर्णय पछि ति नयाँ बनाएका कमिटीहरुलाई भङग नगरी पुराना फर्केका नेता कार्यकर्तालाई पुरानो हैशियतमा आउन नदिन कारवाहीको लहर चलाए जसले केपी ओलीको जय जयकार नगर्नेहरुलाई साधराण सदस्य नरहने गरी निस्कासनको डण्डा घुमाएका छन् । एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य अस्ट लक्ष्मी शाक्य, घनश्याम भुशाल, योगेस भट्टराई, राम कुमारी झक्री देखि गाउँ तहसम्मका कार्यकर्ताहरुलाई धमाधम कारवाही गरेर निस्काशन गरेको सूचना प्राप्त भइरहेका छन् ।

एमाले पार्टीमा बसेर भविष्य खोजिरहेकाहरुको लागि छुट्टै एउटा कोर्सको बिकास भएको छ ।

नेपालका कम्युनिष्ट पार्टी भनिएका पार्टीहरुमा एकले अर्कोलाई शक्तिमा रहदा कारवाही गर्नु सामान्य मानिन्छ । २०३९ सालमा नेकपा एमालेमा माहासचीव रहेका सिपी मैनालीलाई माधव समुहले त्यसैगरी साधारण सदस्य नरहने गरी कारवाही गरेका थिए । त्यसपछि नेकपा (माले)पुनःस्थापन गरेर बसेका मैनालीले माधवहरुको चरित्र पनि केपी भन्दा कमको थिएन भन्ने भनाई आम सञ्चारमा यतिवेला छाइरहेको छ ।
नेपालमा कम्युनिष्ट नामको आन्दोलन गर्नेहरुको लागि कुन बेलामा कुन ब्याक्तिले के ग¥यो के गरेन भन्ने बिषयले प्रथामिकता पाईरहेका छन् । र जनताले पनि छुट्याउने समय आएको छ । नेपालको कम्युनिष्ट नामको व्यवस्था लेखेको जस्तो व्यवहारमा देखिने गरी काम कुनै पनि पार्टीले आजसम्म गरेका छैनन् । त्यसको समिक्षा सहित अहिले चर्चामा रहेका ईतिहाँसमा माक्सवादी र मालेको किमिटीमा रहेका २०४७ सालमा नेकपा (एमाले) भएका र कम्युनिष्ट कै नाममा जनयुद्ध गरेर सरकारमा समेत सहभागी भएका कतिपय कम्युष्टि हु भन्दै बिभिन्न नामका पार्टी खोलेर बसेका हरुले जनतालाई हिजोका दिनमा बाडेका प्रर्चा, थमाएका घोषण पत्र को उत्तर दिन र गल्ती भएको ठाउम माफी नमाग्ने हो भने कालो इतिहाँसमा नाम नेपालमा लेखिन्छ भने त्यो कम्युनिष्ट नाम धारी नेतृत्वहरुको लेखिने कुरामा सहर्जै अनुमान लगाउन सकिन्छ ।

त्यो भन्दा अगाडी नै कम्युनिष्ट आन्दोलनमा भएको गद्दारी, धोका, अवसरवाद, लम्पसरावाद, बिदेशी तावेदारी वाद, तिर फसेर देश र जनताप्रति गरेको खेलासीको समयमा नै माफी माग्नु उचित हुन्छ । अन्यथा ति नेतृत्व गर्नेहरुलाई इतिहाँसले माफी गर्ने देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend