जन आकाश
काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औ अधिवेशनले पत्रकार महासंघलाई नयाँ नेतृत्व छान्ने अवसर प्रदान गरेको थियो । उक्त अवसरलाई केन्द्र पछिको शक्तिसाली जिल्ला शाखाको रुपमा रहेको नेपाल पत्रकार महासंघको जिल्ला शाखा काठमाडौमा सुर्य सुवेदी अध्यक्ष सहित एकजना कार्यसमिति वाहेक सवै पदमा सुर्य सुवेदी प्यानल बिजयी भएको छ ।

सुर्य सुवेदीले प्रतिद्धन्दी मोहन प्रसाद पन्तलाई भारी मतको अन्तरले पराजित गरेका हुन् । त्यैगरी उपाध्यक्षमा रामचन्द्र दुलाल –भान्जा) उपाध्यक्ष महिलामा अप्सरा गौतम
सचीवमा रामेश्वर गौतम, सहसचीवमा अर्जुन डोटेल, कोषध्यक्षमा अजित अधिकारी,
कार्यसमिति सदस्यहरुमाः
आदीवासी जनजातिवाट सुवास सुनुवार (मुखिया),महिलावाट शोभा अ¥याल,सदस्य अन्य समावेसी दिपक काफ्ले,दलितवाट शोभा नेपाली, सदस्य मधेसीवाट मीना कुमारी यादव ।
खुल्लावाट कमल राई, कृष्ण प्रसाद ढुङगेल,कृष्णराज गौतम,बुद्ध योञ्जन, रमेश कुमार बोहोरा, रमेश लामिछाने , शैलेश डङगोल, रिना श्रेष्ठ रहेका छन् । प्रेस चौतारीवाट एक मात्र सदस्य रिना श्रेष्ठले जितेकी हुन।
माथी शुरुमा प्रेस चौतारी तर्फबाट रिना श्रेष्ठ हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend