जन आकाश
अहिले राजनीतिक पार्टीहरुले सरकार समिकरण्को कुरालाई लिएर राजनीतिक पार्टीहरुमा छलफल हुन थालेका छन् । देशमा राजनीतिक स्थायित्व भयो भने मात्र बिकास हुन्छ भन्ने सामान्य सिद्धान्तमा आधारित रहेर बिकसीत मुलुकहरुले काम गरेको उदारण छन् ।
नेपालमा राजनीतिक स्थाइत्व जनताले चाहेका छन् । तर पछिल्लो राजनीतिक घटनाक्रम सरकारपक्ष पार्टीभित्र उत्पन्न विवादले देशको राजनीतिक स्थायित्वमा असर पारेको छ । त्यसैमा सरकार बनाउने समिकरण गर्ने कसको नेतृत्वमा सरकार बनाउने ढाल्ने जस्ता बहसहरु हुन थालेका छन् ।
यसले नेपालको लामो समयपछि स्थापना भएको शान्ति स्थायित्वमा प्रश्न उठाएको छ । नेपालको राजनीतिक विवादहरु भइरहेका कारण नेपालले सोचेजस्तो बिकास गर्न सकेको छैन । यस्ता राजनीतिक विवादहरु उत्पन्न भएपनि देशका बिकासका कामहरु प्रभावित नभए हुन्थ्यो भन्ने आम नागरिकहरुको चिन्तालाई राजनीतिक पार्टीहरुले ध्यान दिनु आवश्यक हो । तर आजसम्म राजनीतिक पार्टीहरुले स्थाई बिकासको योजना नत बिगतमा सरकारमा रहेको पार्टीहरुले बनाए नत अहिलेको सरकारमा रहेको पार्टीले स्थाई बिकासको खाका नै बनाएको छ । यि पार्टीहरुको काम गराई हेर्दा जुन जोगी आएपनि कानै चिरेको भने जस्तै हुदै आएको छ ।
त्यसैले सरकार परिवर्तन गर्नको लागि राजनीतिक पार्टीहरुले राजनीतिक समिकरण गर्नु सरकार ढाल्नु र सरकार बनाउनु मात्र ठुलो कुरा नहुन सक्छ । सरकार ढालेर बनाएको सरकार वा सरकारमा रहेको पार्टी सँग पुनः मिलेर सरकार बनाएर पुग्दैन । नेपालको बिकासका लागि कुन कुन क्षेत्रको बिकासलाई प्रथामिकता दिने हो त्यो छुट्याएर देशलाई बिकास गर्ने स्थाईत्वको सरकार बनाउने दिशातिर राजनीतिक पार्टीहरुको ध्यान गएमा मात्र नेपालका नेपालीहरुले खोजेको स्थायित्वको सरकार बन्न सक्छ ।
यस्ता देशमुखी मुद्दामा छलफल गरेर साझा नीति बनाएर जाने पार्टीहरुको योजना आउनुपर्छ । जसले देशमा स्थायित्वको सरकार पनि हुन्छ । राजनीतिक पार्टीहरुमा विवाद आएपनि बिकासका कुराहरुमा एकपटक स्थायित्व
हुनपाएर सिस्टममा आएपछि देशको बिकासले गति लिन सक्थ्यो यो नेपाल देशलाई बिकास गर्ने अभियाँनमा राजनीतिक पार्टीहरु साझा मुद्दा लिएर आएको हेर्न जनताहरु आतुर छन् ।
ति राजनीतिक जोडघटाउको समिकरण छोडेर देश बिकास गर्ने नीति लिएर जादा जनताले राम्रो मान्लान् । नभए राजनीतिक पार्टीका केही नेताहरुलाइ फाइदा घाटा त होला तर देशका जनताले राम्रो मान्ने आधार नहुन सक्छ । यस्ता दिर्धकालीन अवस्थालाई समेत सोच राखेर राजनीतिक पार्टीहरुको समिकरण हुदा देश र जनताको पक्षमा हुन्छ । यस्ता राम्रा कामहरु चै राजनीतिक पार्टीले गरुण ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend