जन आकाश
काठमाडौ । काठमाडौको गैरीधारस्थित एलिस रिसेप्सन्स्मा नेपाल पर्वतारोहण संघको ३० औं बार्षिक साधारण सभा भइरहेको छ । बिहान ११ बजेवाट शुरु भएको कार्यक्रम अहिलेसम्म चलिरहेको छ । १ बजे संस्कृति, प¥यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालको प्रमुख अतिथिवाट पानसमा बक्ति बालेर सभाको उदघाटन गराएको छ ।

कार्यक्रमा बोल्ने क्रममा मन्त्री ढकालले देशमा कोभिडको कारण सवैभन्दा प्रभावित भएको क्षेत्र नै होटल ब्यवसाय र प¥यटन भएको कोभिडको सक्रमण नेपालमा सामान्यकरण हुदै गएपनि भारतमा कोभिडको संख्या बढिरहेको हुनाले चिन्ता अर्झै कायम छ । त्यसकारण सजग हुन सवैमा अनुरोध पनि गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य संघका अध्यक्ष सन्तवीर लामाले राखेका थिए । भने आज नै प्रमुख अतिथि समेत रहेका भानुभक्त ढकाललाई संघको तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो । समयको अभाव भनेर प्रमुख अतिथि बोल्ने बित्तिक्कै निस्किेका थिए । त्यसपछि पत्रकारिता पुरुस्कार संघका अध्यक्ष सन्तवीर लामाले प्रदान गरेका हुन् ।

त्यसैगरी संघमा आवद्ध बिभिन्न ब्याक्तित्वहरुलाई पनि सम्मान तथा प्रशंसा पत्र कदर पत्रहरुले सम्मान गरिएको थियो । पहिलो शत्र सकेपछि दोस्रो सत्र शुरु हुने नेपाल पर्वतारोहण संघले कार्यक्रम तालिकामा उल्लेख गरेको छ ।

दोस्रो सत्रमा संघको बिगतको हर हिसाव, अवस्था,प्रगति विवरण, व्यवसायीका समस्या राष्ट्रिय अन्तराष्ट्रिय गतिविधि लगायत समेटेर माहासचीवले तयार पारेको प्रदिवेदन पेस गर्ने, कोषाध्यक्षले अनुमानित आयव्याय हिशावको प्रदिवेदन प्स्तुत गर्ने, ति प्रतिवेदन उपर उठेका प्रश्नहरुको कोषाध्यक्ष र महासचीवले उत्तर दिने कार्य तालिकामा उल्लेख छ ।
सभाको अन्त्य सभाका अध्यक्ष अर्थात संघका अध्यक्ष सन्तवीर लामाले धन्यवाद सहित बिर्सजन गर्ने कार्य तालिकामा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend