logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समाजसेवी ईश्वरचनद्र्र बानियाँको सुक्ष्म जीवनी


  • जन आकाश
  • शनिबार, चैत्र २८ २०७७

साहायक सथी
तेज प्रकाश बानियाँको कलमवाट



१.शिक्षार सरकारी सेवातर्पm,

ईश्वरचन्द्र बानियाँको जन्म २०१२ साल असार १६ गते गोरखा न।पा।वडा न।२,कोखे धारापानीमा भएको हो । बाबु चन्द्र बहादुर बानियाँ र आमा विलकुमारी बानियाँका दोश्रो सन्तति, पहिलो सुपुत्रको रूपमा जन्मिएका ईश्वरचन्द्रको बाल्यकाल माता पिताकासाथ सुखद रह्यो । परिवारमा बाबु आमा, काकाहरू २, हजुर आमा, हजुरबा र माइत बसेका फुपू २ थिए । ईश्वरचन्द्र ४ वर्षको हुँदा बाबुको देहावसान भयो । नौ वर्षको उमेरमा आमापनि बित्नु भयो । १२ वर्षको हुदाँ हजुरबा पनि बित्नु भयो । काकाहरू भित्रुभए । अव ईश््रवरचन्द्रको लालन पालन र देखभाल सोभैm हजुर आमा र फुपूहरूको हातमा पुग्यो । उहाँहरूले पनि आमाबाबु नभएको भान नहुने गरी हुर्काउनु भयो ।

ईश्वरचन्द्रले पढाई शुरू गरे । उनी बाल्यकाल देखि नै इमानदार, लगनसील र मेहनती थिए । गाउँमा सबैले मन पराउथे । उनले कखरा बाबुसँग घरमै सिके । ५ कुक्षा सम्म घरबाट भ्याइने महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययन गरे । तत्प श्चात् गोरखा बजारमा डेरागरी, जिल्ला सदरमुकाम स्थित शक्ति माध्यमिक विद्यालयमा पढ्दै गर्दा २०२९ सालमा गोरखा आपचौर निवासी सुश्री पदमकुमारी थापासँग विवाह बन्धनमा बाधिए । २०३० सालमा प्रवेशिका उत्तीर्ण गरीे घरबाट केही टाढा ताकु स्थित जलकन्या प्राथमिक विद्यालयमा १ वर्ष शिक्षक बने ।

२०३२ सालबाट पुल्चोक क्याम्पसमा भर्ना भई ३ वर्षे सिभिल ईञ्जिनियरिङ्ग डिप्लोमा कोर्ष पुरा गरे । त्यसै साल क्याम्पसले शिक्षकमा नियुक्ति दियो । दुइवर्ष पछि पूर्वाञ्चल क्याम्पस् धरानमा सहायक प्रशिक्षकको स्थायी पदमा नियुक्त भए । हुदैजादा २०३७ बाट २ वर्ष स्कटल्याण्डमा प्राविधिक प्रशिक्षण तालिम लिएर नेपाल फर्किए ।नोकरीमा निरन्तरता दिएर ३ वर्ष पूर्वाञ्चल क्याम्पस, धरानको स्थापना कालमा अध्यापन गरे । २०४२ बाट ४६ सम्म पुल्चोक क्याम्पसमा वि ई को अध्ययन पुरागरे । २०४६ देखि एघार वर्ष ईञ्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखरामा प्राध्यापक रहदा २०५४ बाट ३ साल क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरे ।

क्याम्पसमा आंसिक शुल्कमा तोकिए बमोजिम विद्यार्थी संंख्या मात्र पढाउने भएकोमा २०५५ बाट कोटा बढाई पूर्ण शुल्कीय ब्यवस्थामा अध्ययन गर्न पाउने गराए । २०५६ देखि विं ई को कक्षा शुचारू, जस्ता महत्वपूर्ण कार्यहरू गरे । २०५७ बाट दुइवर्ष आपूmले पुल्चोक क्याम्पस बाट एमएस्सी अर्वन ल्पनिङ्गपुरा गर्नासाथ पुल्चोक क्याम्पसमा सह प्राध्यापकमा बढुवा भए । ०६२ मै पुर्वाञ्चल विश्वविद्यालयमा सह परीक्षा नियन्त्रकमा काजमा नियुक्त भए । ०६३ को जन आन्दोलनले सवै विश्व विद्यालयका पदाधीकारी खाचो भएको समयमा निमित्त परीक्षा नियन्त्रक भै ९ महिना परीक्षा नियन्त्रक कार्यलय सह्माले ।

त्यसै गरी ०६५ असारवाट असोजसम्म ई.अ.स. पुल्चोकको अनवरत शिक्षा विभागको निर्देशकको रूपमा काम गर्दा ३ वर्ष सम्म वन्द भएको तालिम कार्यक्रमहरु पुर्ण रुपमा सञ्चालन गर्न सफल भए । ०६५ कात्तिक वाट ४ वर्ष पोखरा विश्व विद्यालयमा विज्ञान तथा प्रविधि संकायको डीन भई, उक्त विश्व विद्यालयमा जनस्वास्थ्य र नर्सिङ्ग विषयमा स्नातक,फार्मेसी मा स्नातकोत्तर कक्षा संञ्चालन, सिभील र इलेक्ट्रीकल इन्जिनियरिङ्ग कक्षा सञ्चालन, विश्व विद्यालयमा भावी योजना तयार, परीक्षा प्रणालीमा सुधार, नयाँ भवनहरु निर्माण, एम. वी. वी एस. कार्यक्रम संचालन गर्ने योजनाको खाका तयारी लगायत विविध कार्यहरू सम्पत्र गरे ।

२०७३ बाट थापाथली क्याम्पसको प्रमुख भएर मेकानीकल इन्जिनियरिङ्गमा स्नातकोत्तर कक्षाको शुरुवात गरे । क्याम्पसको मौजुदा ३२ रोपनी जग्गामा योजना विस्तार गर्न नपुग हुने भएबाट विश्व विद्यालयका उप कुलपति, रेक्टर एवम् रजिष्ट्रार सँगको समन्वय वाट वल्खु चक्रपथ सँगै जोडीएको त्रि.वि.कीर्तिपुरको १७५ रोपनी जमीन थापाथली क्याम्पसलाई दिने निर्णय गराई गुरु योजना तयार गरी करिब १ अर्ब लागतको भवन निर्माणार्थ उप राष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गराएको । २०७५ असार १६ गतेबाट ६३ वर्ष पुरा भएकाले ४० वर्षे सेवाबाट अवकाश लिए ।

 

२.कला, संस्कृति एवम् साहित्य र समाज सेवा,
ईश्वरचन्द्र बानियाँ कला, संस्कृति एवम् साहित्य र समाज सेवमा रमाउने व्यक्ति हुन् । उनीकेटाकेटी देखिने गीत लेख्ने, नाच्ने, गाउने गर्दथे ।साथीहरूलाई पढाइमा सहयोग गर्थे । गाउँमा परि आउने सामाजिक काममा पनि अग्रसर हुन्थे । विद्यालयले वेला वखत आयोजना गर्ने सांस्कृतिक एवम् साहित्यिक कार्यक्रमहरूमा भाग लिने गर्दथे । अन्ध विश्वासमा विश्वास गर्दैनथे । भुत, प्रेत, बोक्सी भन्ने कुरीतिको विरोध गर्थे । १५ वर्षको उमेरमा मादल, झुर्मा किनेर गाउँका केटाहरु जम्मा गरी सामुहिक रूपमा नाचगान टोलीनै खडागरे । हरिस्चन्द्र नाटक रचना गरी “हरीस्चन्द्र राजाको नाटक, खेल्छौ हामी अन्जान वालक” बोलका गीतहरु गाएर रात भरी चाड पर्व, देउसी, भैलो र जात्रामा देखाउने गर्थे । दसैं तिहारमा रोटेपीङ, लिङ्गेपीङ जडान गर्न समूह तयार गर्थे । समाजमा परि आउने विभित्र कार्यक्रममा अगुवाई लिन्थे । त्यसै भएर होला माध्यमिक विद्यालय अध्ययन कालदेखि अहिले सम्मपनि गाउँसभा र विद्यालयमा हुँने कार्यक्रममा निरन्तरता दिइनै रहेका छन् ।

समाज सेवालाई जीवनको सबैभन्दा ठूलो उपलब्धि ठात्रे र बाकी जीवन पनि समाज सेवामा लगाउने प्रण गरेका ईश्वरचन्द्र बानियाँलाई समाज सेवा एक प्रकारको नसा नै भइसकोको छ । उनले सामाजिक क्षेत्रमा पु¥याएको योगदान र विभित्र संघ संस्था र व्यक्तिबाट पाएको सम्मानको बारेमा मात्र लेख्दा पनि एउटा पुस्तक नै तयार हुन्छ । तसर्थ केही महत्वपूर्ण कामहरू मात्र यहाँ समाविष्ट छन् । उनी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य छन् । २०४३ सालदेखि बानियाँ बन्धु समाजमा लगातार संलग्न रही विभित्र पद हुँदै अध्यक्ष समेत भइसकेका छन् । बन्धु समाजलाई उनको पालामा जग्गाको व्यवस्था गरिएको हो । त्यस्तै, पोखरामा, गोरखा मिलन समाज, गठन गरी अध्यक्षको कार्यभार सह्मालेका छन् । आपूm वसोवास गरेको भृकुटी टोल सुधार समिति काठमाडौंको अध्यक्ष भई धेरैवर्ष देखि काम गरेर भृकुटी टोललाई नमूना टोलको रूपमा विकास गरेका छन् । २०६७ सालबाट हेड्स नेपाल जस्तो परोपकारी संस्थामा कार्यरत रही २०६९ बाट चार वर्ष सम्म उक्त संस्थाको उपाध्यक्ष पद सह्माले । २०७३ बाट हाल सम्म अध्यक्ष पदमा कार्यरत छन् । नेपाल प्राध्यपक संघमा आवद्ध छन् । नेपाल इन्जिनियरिङ्ग परिषदको वोर्ड सदस्य, नेपाल इन्जिनियरिङ्ग एसोसीयसनको आजिवन सदस्य तथा कार्यकारी सदस्य, एवम् डण्डपाणी स्मृती प्रतिष्ठानको सचिव पनि छन् ।

यस्ता बहुआयामिक प्रतिभाका धनी, शिक्षासेवी, ईश्वरचन्द्र बानियाँ,आपूm सक्षम शिक्षाविद् र असल प्राध्यापक भएर ३ छोराहरूमा २ गोटा लाई ईञ्जिनियर र एउटालाई चार्टर एकाउन्टेण्ट सम्मको उच्च शिक्षा दिलाउन सफल भए । हरेक श्रीमानको सफलताको पछाडि श्रीमतिको ठूलो हात हुन्छ । यसैगरी बालबच्चाको पहिलो पाठशाला भनेकै घर हो । पहिलो गुरु भनेको बाबु आमा हुन् । ईश्वरचन्द्रलाई अध्ययनका साथ उच्च ओहदामा पु¥याउनु, गृहिणीले सह्माल्नु पर्ने सारा कामकावावजुद ३ भाई छोरालाई पूर्ण संस्कारका साथ कखरा सिकाएर उच्च शिक्षा हासिल गराउनु कम चुनौति पूर्ण कुरा होइन । यस मानेमा म ईश्वरचन्द्र र उनकी श्रीमती समेतलाई सफलमाता पिताको उपाधिले सम्मान गर्दछु ।

ईश्वरचन्द ्रसेवाबाट अवकाश प्राप्त भएर पनि उनको जोस जाँगर र हौसलामा कुनै कमी आएको छैन । यत्ति धेरै क्षेत्रमा व्यस्तताका वावजुद हाल आपूm जन्मेको माटोको मूल्य चुकाउन आफ्नो गाउँमा गएर २ वर्ष देखि धारापानी अर्गानीक कफी तथा कृषि उत्पादन समूह दर्ता गरी कफीको बेर्ना उत्पादन तथा गाउँले सवैलाई कफी लगाउन प्रेरित गर्दै कृषिमा आधुनीकीकरण गर्न सहयोगीको भूमिका निर्वाह गरी सामाजिक कार्यमा निरन्तरता दिइरहेछन् । साधारणतया मानिसले सपना देख्ने भनेको, उसलाई अत्यन्त महत्वपूर्ण लागेको वस्तु प्राप्किा लागि गरिने कोशिश सम्बन्धी सपना देख्ने गरिन्छ । आप्mनो जरुरी कामलाई थाती राखेर पनि समाज सेवालाई समय दिने ईश्वरचद्र बानियाँ मस्त निद्राको सपनामा पनि सामाजिक सेवामा व्यस्त देख्दछन् । यस्ता त्यागी स्वभावका, निष्ठावान वरिष्ठ समाजसेवी ईश्वरचन्द्र बानियाँलाई आगामी दिनहरूमा समाज सेवामा चाहेको सफलता मिलोस भनी स्वस्थ र दीर्घ जीवनको कामना गर्दछु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend