जन आकाश
काठमाडौ । मुलुककै अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
चेम्बरको ७० औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।
एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।
मेहेनती र कर्ममा बिश्वास गर्ने अ¥याल कर्म गर्ने साथीभाइहरुलाई प्रोत्साहन सहयोग गर्ने स्वभावका छन् । उनले आफुले जानेका अनुभव आफुभन्दा पछाडीका पुस्तालाइ सिकाउदै पनि आएका छन् । उनलाई हाम्रो जन आकाश मिडियाको तर्फवाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend