जन आकाश
काठमाडौ । पुर्व राजा ज्ञानेन्द्रले आज एक बक्तव्य जारी गरेका छन् । बिक्रम संवतको अवसरमा समस्त नेपालीहरुमा शूभकामना दिदै सुखः शान्ति, तथा समुन्नतीको कामना गरेका छन् । उनले भनेका छन् नयाँ बर्ष सधै आउछ जान्छ तर टाठाबाठाहरु मात्रको लागि खुशी बनेर आउने गर्छ नेपालका हरेक नेपालीहरुमा त्यस्तो खुशी आउनुपर्छ भन्ने भाव सहितको शूभकामना बक्तव्य आएको हो । बक्तव्य जस्ताको तस्तै हेर्नुहोस् ।
नेपाली दिदी वहिनी तथा दाजू भाइहरु,
आज हामी अर्को नयां वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गर्दैछौं । सदा झैं हामी नेपाल भित्र र विश्वका विभिन्न भुभागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समून्नतिको लागि हार्दिक शूभकामना व्यक्त गर्दछौं ।
हरेक तिथि बार बित्दै जांदा नयां वर्ष आउंदै जान्छ, स्वभावत हरेक नयां वर्षमा सूख, सम्मून्नति, शान्ति र सन्तुष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय वित्दै जांदा ती सबै आशा, अभिलाषा चकनाचुर हूंदै जान्छन् । कालक्रममा यस्तो हूनू हून्न र नेपाली जनताको आकांक्षा पुरा हूंदै जानू पर्दछ भन्ने हाम्रो कामना हो ।
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निपक्ष र इमान्दारी हामी सबैमा हूनू पर्दछ । यसका निम्ति आपसी भांडभैलो अनमेल र द्वन्दको अन्त हुनुपर्दछ अनि समन्वय, सामञ्जस्य पनि रहनू पर्दछ । हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा वारी नेपाललाई सबै मिलेर स्याहार सूसार गर्नू र सजाउनू छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानू छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानू पर्ने आवश्यकता हो । टाठाबाठा मात्र सूखी सम्पन्न सूविधाभोगी हूंदै जाने अरु निमूखा सर्व साधारणाहरुको जीवनस्तर कहिल्यै नउठने खालको गतिबिधि र पद्धति पनि त्याग्नै पर्ने हून्छ ।
नेपाली हामी पूmटेर होइन, शक्ति संरक्षण गरौं जूटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हूनू पर्दछ, एउटै कामना हुनुपर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ। पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ । हामीले कर्तव्य पुरा ग¥यौं भने हामी उठछौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । मेची महाकाली – देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो । न जाती न भाषा ( सबै नेपालीको एउटै आशा । पहाडका गाउं गाउंमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फांटहरुलाई भूmलाउं र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बनाऔं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं ।
यिनै भावनाकासाथ नयाँ वर्ष साच्चिकै नयाँ रहोस् ( नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend