logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गजल


  • जन आकाश
  • शुक्रबार, बैशाख ३ २०७८

घर किन्नु छ ,अलिकती बारी किन्नु छ
जसोतसो आमालाई एउटा सारी किन्नु छ



पानी नपरे, हुरिबतास नआइदिए हुन्थ्यो
छोराछोरी रुन्छन् चामल तरकारी किन्नु छ

बाबूनानीहरु बढाउनु छ, पढाउनु पनि छ
पाखुरी बेचेर सपना एक भारी किन्नु छ

कोरोना नआइज दुख बिमार केही नआइज
डलरले सारा खुशीको फूलबारी किन्नु छ

नरोक प्रीया,बरु आमाको राम्रो स्याहार गरेस्
कमाउँछु पैसा देशमै मैले कोठेबारी किन्नु छ

तिला लेकाली
बेलबारी,मोरङ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend